“सरावलमा राष्ट्रपति रनिङ शिल्ड उद्घाटन: छोटेलाल गुप्ता, विरेन्द्र यादव र प्रमोद शाहले अक्षयकोषमा लाखौं घोषणा”

राष्ट्रिय दैनिक / नवलपरासी ,२६ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ गडाैरीस्थित महेन्द्र जनता माध्यमिक विद्यालयमा पालिका स्तरीय अन्तरविद्यालय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ।

उद्घाटन समारोहका क्रममा अक्षयकोष स्थापनाका लागि विभिन्न समाजसेवी र व्यवसायीले उदार योगदान घोषणा गर्नुभयो।

सरावल ६ का वडा अध्यक्ष छोटेलाल गुप्ताले रु १ लाख ५१ हजार दिने घोषणा गर्नुभयो। उहाँले यसअघि पनि रु ५१ हजार प्रदान गरिसक्नुभएको छ।

त्यस्तै समाजसेवी विरेन्द्र यादवले रु १ लाख १ रुपैयाँ योगदान गर्ने घोषणा गर्नुभयो। यादव सरावल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।

त्यस्तै जय बजरंग इट्टा उद्योग (UBI) सरावल ५ का संचालक प्रमोद शाहले पनि रु १ लाख १ सय रुपैयाँ अक्षयकोषमा योगदान दिने घोषणा गर्नुभयो।

समारोहमा विद्यालयका शिक्षक, विद्यार्थी, र स्थानीयबासीको उपस्थितिमा प्रतियोगिताको शुभारम्भ गरिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot