“साना किसान कृषि सहकारीको २९औँ साधारणसभा सम्पन्न, आपसी सहकार्य र एकतालाई जोड”

आरपि उपाध्याय / त्रिवेणी ,२६ मंसिर

साना किसान कृषि सहकारी संस्था लि. त्रिवेणी नवलपुरको २९ औं वार्षिक साधारणसभा विनयी त्रिवेणी ७ लक्ष्मीपुरमा शुक्रबार सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष सरस्वती बस्नेतको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
ज्येष्ठ सेयर सदस्य बुद्धिसागर उपाध्यायको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो।
सो अवसरमा प्रमुख अतिथि उपाध्यायले सञ्चालक समिति र कर्मचारी बिच सम्बन्ध राम्रो भएमा मात्र सहकारी संस्था फस्टाउने बताउदै उहाँले सहकारीको जग नै सहमति,सहकार्य,एकता र मेलमिलाप रहेको हुँदा यो जगलाई सञ्चालक, कर्मचारी र सेयर सदस्य महानुभावहरुले बिर्सन नहुने धारणा राख्नुभयो।


साधारणसभामा विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले आपसी सहयोगको माध्यमबाट सहकारी क्रियाकलाप बलियो हुने बताउदै वर्तमान समयमा साना किसान कृषि सहकारी संस्थामा आपसी द्वन्द्व बढेको महसुस भएकोले सहकारीमा द्वन्द्व र असन्तुष्टि बढेमा सहकारीको उद्देश्य कहिल्यै पूरा नहुने विचार व्यक्त गर्नुभएको थियो।
सो अवसरमा संस्थाकी अध्यक्ष बस्नेतले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै साना किसानले थोपा-थोपा गरेर जम्मा गरेको रकमलाई संस्थाले संरक्षण गर्नुको साथै सेयर सदस्यहरुलाई संस्थाले सदैव सम्मान गर्नुपर्ने धारणा राख्नुभयो।


कार्यक्रममा सुस्ता गाउँपालिका १ का वडा अध्यक्ष अशोक चौधरीले सेयर सदस्यबाट जम्मा भएको लगानीलाई समय सापेक्ष जानकारी दिनुका साथै साधारणसभामा त्यसको समिक्षा पनि गर्नुपर्ने संस्थाको जिम्मेवारी रहेको जिकिर गर्नुभयो।
साधारणसभामा लेखा संयोजक राजकुमार जैसीले लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा कार्य गर्दा कमीकमजोरी हुनु स्वभाविक प्रक्रिया रहेको विचार राख्दै कमीकमजोरीलाई पन्छाएर सेयर सदस्य केन्द्रित कार्य गरिएमा गन्तव्यमा पुग्न सकिने धारणा राख्नुभएको थियो।
कार्यक्रममा शुभलाभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश कुवर, विनयी त्रिवेणी ७ की वडा सदस्य शोभा क्षेत्री,सेयर सदस्यहरू विद्या सिंह ठकुरी, भोजराज शर्मा लगायतले संस्थाको गतिविधि माथि प्रकाश पार्नुभएको संस्थाकी प्रबन्धक सरीता शर्माले जानकारी दिनुभयो।
साधारणसभामा आर्थिक वर्ष २०८०/०८१ मा ६० करोड ५३ लाख ६ हजारको बजेट प्रस्तुत गरिएको थियो भने गत आर्थिक वर्षमा ३ करोड ३० लाख ४५ हजारको शुद्ध नाफा गरिएको बताइएको थियो।
साधारणसभामा अपांगलाई सम्मान गरिएको थियो भने उत्कृष्ट तरकारी खेती गर्ने र केरा खेती गर्ने तथा पशुपालन गर्ने उत्कृष्ट समूह र व्यक्तिलाई कदरपत्र सहित सम्मान गरियो।
कार्यक्रममा उत्कृष्ट बचत कर्ता र उत्कृष्ट पेन्सन बचत कर्तालाई पनि सम्मान गरिएको जानकारीमा आएको छ।
संस्थामा महिला १८०२ र पुरुष १४३९ सेयर सदस्य गरि कुल ३२४१ सेयर सदस्य रहेको बताइएको छ।
गण्डकी प्रदेश नवलपुर जिल्ला विनयी त्रिवेणी वडा न.६ र ७ तथा लुम्बिनी प्रदेश नवलपरासी (ब.स.प.) सुस्ता गाउँपालिकालाई आफ्नो कार्यक्षेत्र बनाएको साना किसान कृषि सहकारी संस्थामा अति न्यून आर्थिक अवस्थामा पनि जीवनयापन गर्दै आएका किसानको सामुहिक हितको भावना विकास गर्ने लक्ष्यका साथ विभिन्न समूह गठन गरि अन्तरसमुह र मुल समितिको माध्यमबाट आर्थिक,सामाजिक विकासको कार्यक्रम हुँदै आएको पनि जनाइएको छ।


पछिल्लो समय यता साना किसान कृषि सहकारी संस्था संस्थागत विकासको साटो गुट,उपगुटमा विभाजित भइ राजनीतिक मैदानको थलोको रुपमा विकसित हुँदै आएकोमा त्यस्ता खाले क्रियाकलाप कसैले पनि गर्न नहुने बारे सेयर सदस्यले चिन्ता व्यक्त गरेको सहभागीहरुले प्रतिक्रिया दिएका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot