पर्सा ,२६ मंसिर – पर्सा जिल्लाबाट प्रकाशित हुँदै आएको फेमस नेपाल सन्देश साप्ताहिकका प्रकाशक तथा प्रेस चौतारी नेपाल पर्साका सदस्य पत्रकार शैलेश गुप्ता माथि बुधवार जीराभवानी गाउँपालिकाका केही कर्मचारीद्वारा दुव्यर्वहार गरिएको छ। प्राप्त जानकारी अनुसार, स्थानीयबाट अनियमितता, भ्रष्टाचार र कर्मचारी अनुपस्थितिको सम्बन्धमा सूचना प्राप्त भएपछि पत्रकार गुप्ता समाचार संकलनका लागि करिब १२:३० बजे गाउँपालिका कार्यालय पुगेका थिए। कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत, अध्यक्ष, उपाध्यक्ष लगायतको अनुपस्थितिमा केही सहयोगी र गार्ड मात्र उपस्थित थिए। पत्रकारले कार्यालयमा खाली कुर्सीको फोटो खिच्ने प्रयास गर्दा त्यहाँका कर्मचारी इन्द्रजीत हजरा, जितेन्द्र मिश्रालगायतले मोबाइल खोस्ने, अपशब्द प्रयोग गर्ने र हातपात गर्ने प्रयास गरेका थिए। उनीहरूले पत्रकारको खिचेको फोटो डिलिट गरेका र प्रेस परिचयपत्र देखाए पनि दुव्यर्वहार जारी राखेको बताइएको छ। यस घटनापछि प्रेस चौतारी नेपाल पर्साले विज्ञप्ति जारी गर्दै, श्रमजीवी पत्रकार शैलेश गुप्ताले आफ्नो सञ्चारको अधिकारको सीमा भित्र काम गरिरहेको अवस्थामा उच्छृंखल कर्मचारीविरुद्ध कारबाहीको माग गरेको छ। अध्यक्ष निरन्जन मिश्रले प्रेस विज्ञप्तिमा सिसिटिभी फुटेजको आधारमा घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीमाथि प्रचलित कानूनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। साथै, उचित कारबाही नभएमा प्रेस चौतारी पर्सा आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।