Rashtriya Dainik

पर्साका एसपी सुदिप पाठकको ठुलो सफलता: ७६,१७० ट्रामाडोल क्याप्सुलसहित चार जना पक्राउ

वीरगन्ज पर्सा / २६ मंसिर – पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध ट्रामाडोल क्याप्सुल ७६,१७० पीस सहित चारजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक सुदिप राज पाठकका अनुसार, वीरगन्ज–१५ स्थित प्रतिमा चौकको टिकट काट्ने काउन्टर नजिकबाट ईभी गाडीमा लुकाएर राखिएको दुईवटा सुटकेस भित्र ट्रामाडोल क्याप्सुल बरामद भएको हो।

पक्राउ पर्ने व्यक्तिहरू हुन्—

युवराज पटेल, २० वर्ष, वीरगन्ज–२४, रामगढवा

अफजल देवान, २१ वर्ष, वीरगन्ज

रामहरि मगर, १९ वर्ष, धादिङ्ग बेनिघाट–रोराङ्ग गाउँपालिका–६

राजकुमार मगराती, १९ वर्ष, सिदलेख गाउँपालिका–७

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले उक्त गाडी रोकी चेकजाँच गर्दा लागूऔषध बरामद भएको हो।

पक्राउ परेका व्यक्तिहरू विरुद्ध लागूऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक सुदिप राज पाठकले पत्रकार सम्मेलनमा बरामद गरिएको लागूऔषधको मात्रा र पक्राउ कार्यलाई ठुलो सफलता रहेको बताएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित