राष्ट्रिय दैनिक / नवलपरासी ,२६ मंसिर पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६, गडौरीमा आज भव्यतापूर्वक गाउँपालिका स्तरीय अन्तर विद्यालय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा उपस्थित वडा अध्यक्ष छोटेलाल गुप्ताले विद्यालयको अक्षयकोष स्थापनाका लागि १ लाख ५१ हजार रुपैयाँ दिने उदार घोषणा गर्नुभएको छ। यसअघि उहाँले ५१ हजार रुपैयाँ सहयोग गरिसक्नुभएको छ। कार्यक्रममा उपस्थित शिक्षक, अभिभावक र विद्यार्थीहरूले प्रतियोगिताको महत्व र खेलकुदमार्फत अनुशासन, नेतृत्व विकास र राष्ट्रिय चेतना सृजना हुने पक्षलाई उच्च मूल्यांकन गरे। प्रतियोगितामा गाउँपालिकाभरिका विद्यालयका विद्यार्थीहरूले भलिबल ,एथलेटिक्स, समूह खेलकुद र सांस्कृतिक प्रतिस्पर्धा मार्फत मात्र खेलकुदमा दक्षता नभई सहकार्य, आत्मविश्वास र सामाजिक उत्तरदायित्व सिक्ने अवसर पाउनेछन्। वडा अध्यक्ष छोटेलाल गुप्ताले विद्यार्थीसँग सम्बोधन गर्दै भने “खेलकुदले अनुशासन, चरित्र र नेतृत्व विकास गर्छ। विद्यार्थी उमेरदेखि नै खेलकुदमा सक्रिय रहँदा उनीहरू समाज र राष्ट्रका लागि मूल्यवान योगदान दिन सक्षम हुन्छन्।” प्रतियोगिता राष्ट्रव्यापी स्तरमा विद्यार्थीहरूलाई शारीरिक तथा मानसिक सशक्तिकरणको अवसर प्रदान गर्ने कार्यक्रमको रूपमा चिनिएको छ, जसले भविष्यका खेलाडी र जिम्मेवार नागरिक उत्पादन गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।