प्याब्सन मायादेवीको ७ औँ साधारण सभा सम्पन्न, संगठनभित्र ‘एकताको आवश्यकता’

रुपन्देही , मंसिर २६

निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन मायादेवी रुपन्देहीको ७ औं बार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ । प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवको अध्यक्षता तथा प्याब्सन रुपन्देहीका जिल्ला अध्यक्ष दिपक खनालको प्रमुख आतिथ्यतामा बिहीबार एक कार्यक्रमका बिच ७ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन गर्नु हुदै प्रमुख अतिथि खनालले निजी शिक्षाको गुणस्तर र विश्वसनीयता बढाउन संगठनभित्र मजबूत एकता अपरिहार्य भएको बताउनु भएको छ ।
उहाले “प्याब्सन शिक्षा क्षेत्रको साझेदार भएको जोड दिदै यसलाई बलियो बनाउने जिम्मा सबै सदस्यको सामूहिक प्रतिबद्धतामा निर्भर रहेको बताउनु भयो ।
निजी तथा आवासीय विद्यालयले शिक्षाको गुणस्तर बढाउन खेलेको भूमिकाको प्रशंसा गर्दै नियमन, पारदर्शिता र अभिभावकसँग विश्वासका सम्बन्ध थप मजबुत बनाउनुपर्ने आवश्यकता भएको जोड दिदै “विद्यालय शिक्षाले बजार होइन, सेवा भावना बोकेको संस्थान बन्नुपर्छ,” उहाँले भन्नुभयो । उहाले रुपन्देही जिल्लामा मात्रै कुल २ सय ६१ वटा निजी बिद्यालय रहेका जानकारी दिदै यसमा एक लाख ६२ हजार तीन सय ११ जना बिद्यार्थीहरु अध्ययनरत रहेको बताउनु भएको छ । उहाका अनुसार निजी बिद्यालयमा सात सय ४९ वटा सवारी साधन र ११ हजार ४ सय १७ जना शिक्षक कर्मचारीहरु कार्यरत छन ।

उहाँले स्थानीय तह, विद्यालय र अभिभावकबीच तिनतर्फी सहकार्य बलियो भए मात्र रुपन्देहीको शिक्षा क्षेत्रमा अझै सकारात्मक परिवर्तन आउन सक्ने जोड दिनु भयो ।
यस्तै गरी प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवले प्याब्सन गतिविधि, चुनौती र उपलब्धिबारे जानकारी दिँदै प्याब्सन मायादेवीलाई सक्षम र उत्तरदायी बनाउन सबै सदस्य एकै दृष्टिकोणमा उभिनुपर्ने आवश्यकता भएको बताउनुभएको छ ।

उहाले “संगठनभित्र देखिने साना–ठूला मतभेद समाधान गर्दै एउटै लक्ष्य—गुणस्तरीय शिक्षा—तिर अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ ।
यादवले आगामी वर्ष शिक्षाको गुणस्तर, शिक्षक क्षमता अभिवृद्धि र विद्यालयहरूको पारदर्शिता केन्द्रित कार्यक्रम अगाडि बढाइने प्रतिबद्धता गर्नु भएको छ ।

यस्तै गरी प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले “शिक्षा क्षेत्रलाई गुणस्तरीय, परिमाणभन्दा गुणमा आधारित बनाउन अहिले संयुक्त प्रयास आवश्यक रहेको जोड दिनु भएको छ । उहाले भन्नु भयो निजी विद्यालयहरूबीच सहकार्य र स्वस्थ प्रतिस्पर्धा भयो भने मात्र हाम्रो क्षेत्रलाई अझ सुदृढ बनाउन सकिन्छ । प्याब्सन मायादेवीले देखाएको सक्रियता प्रशंसनीय छ ।”

यस्तै गरी प्याब्सन मायादेवीका संस्थापक अध्यक्ष एवं सल्लाहकार भरत गिरीले “स्थापनाकालदेखि नै प्याब्सन मायादेवीले शैक्षिक सुधारका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । उहाले अब नयाँ नेतृत्वले डिजिटल शिक्षा, विद्यार्थीमैत्री वातावरण र अभिभावक विश्वास संरक्षण जस्ता क्षेत्रमा थप ध्यान दिनुपर्नेमा जोड दिदै संगठनलाई समयको मागअनुसार रूपान्तरण गर्दै अघि बढाउन सबैको योगदान अनिवार्य भएको उल्लेख गर्नु भयो ।

यस्तै गरी प्याब्सन मायादेवीका प्रमुख सल्लाहकार लक्ष्मी प्रसाद भुसालले “प्याब्सनले हरेक वर्ष गतिविधि विस्तार गर्दै आएको बताउदै यसलाई पारदर्शिता, सुशासन र संगठनभित्रको आन्तरिक एकता अझ मजबुत बनाउनु अहिलेको आवश्यकता भएको उल्लेख गर्नु भयो। उहाले विद्यालयहरूको गुणस्तर सुधार गर्न प्रशिक्षित जनशक्ति, व्यवस्थापन र अभिभावकसँगको सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनु भएको छ ।

प्याब्सन मायादेवीका कोषाध्यक्ष राजेश यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्याब्सन मायादेवीका सचिव बिरजु नाथ सिंहले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । भने प्याब्सन मायादेवीका कोषाध्यक्ष राजेश यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्याब्सन मायादेवीका कोषाध्यक्ष राजेश यादव,र सचिव बिरजु नाथ सिंहलाई कार्यसम्पादनमा सहजता ल्याउनका लागी झोला प्रदान गरी सम्मान गरिएको थियो भने प्याब्सन मायादेवीमा आबद्ध भएका नया बिद्यालयहरुलाई समेत स्वागत गर्दै सम्मान गरिएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot