सर्लाही ,२५ मंसिर सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोट सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कौडेना गाउँपालिका–५, छपकैया निवासी ३० वर्षीय फिरोज खान रहेको इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराले जनाएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका खान अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार रहेका अवस्थामा प्रहरी टोलीले शंकास्पद व्यवहार देखिएपछि चेकजाँच गरेको थियो। सोही क्रममा उनको साथबाट ९५ हजार रुपैयाँ बराबरको नक्कली भारतीय नोट बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। घटनासम्बन्धमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।