ठोरीमा ९१ केजी गाँजा बरामद, तस्करहरू फरार

राजन कुमार बानिया/ पर्सा ,२५ मंसिर

सशस्त्र प्रहरी बल नेपाल, पर्साले ठोरी क्षेत्रबाट ९१ केजी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको जनाएको छ। सीमा क्षेत्रमा सक्रिय चोरी–तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै सशस्त्र प्रहरीले हाल कडा निगरानी बढाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर–१३ गण, हे.क्वाटर पर्साका अनुसार लागूऔषधको ओसारपसार र प्रयोगले समाजमा पार्ने गम्भीर नकारात्मक असरलाई ध्यानमा राख्दै पर्सा जिल्लामा विशेष निगरानी तथा अपरेसनलाई तीव्रता दिइएको छ।

उक्त क्रममा मिति २०८२/०८/२५ गते, ठोरी गाउँपालिका–४, निर्मल बस्ती क्षेत्रमा सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले ९/१० जना व्यक्तिहरूलाई नाम्लोले बोकेका प्लास्टिकका पोका सहित भारततर्फ जाँदै गरेको अवस्थामा देखेपछि तस्करहरू पोका फालेर फरार भएका थिए।

पोकाहरू नियन्त्रणमा लिएर खोल्दा गाँजा रहेको पुष्टि भएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजाको कुल तौल ९१ केजी रहेको र आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको जानकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) विश्वराज योन्जनले दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot