राष्ट्रिय दैनिक / नवलपरासी ,२५ मंसिर पश्चिम नवलपरासीकाे सरावल–६ स्थित श्री जनता माध्यमिक विद्यालय, भुजहवाका शिक्षकहरूलाई समाजसेवी बिरेन्द्र यादवले पाँच थान ट्र्याकसुट प्रदान गरेका छन्। भाेलिदेखि सुरु हुन लागेको पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूलाई नेतृत्व गर्दै सहभागी हुने शिक्षकहरूलाई प्राथमिकतामा राख्दै ट्र्याकसुट उपलब्ध गराइएको विद्यालयले जनाएको छ। समाजसेवी यादवले शिक्षामा प्रोत्साहन, खेलकुदमा मोटिभेसन र विद्यालय प्रतिनिधित्व गर्न जाँदै गरेका शिक्षकहरूको सम्मान स्वरूप ट्र्याकसुट हस्तान्तरण गरेका हुन्। विद्यालय प्रशासनले उपलब्ध गराइएको सहयोगले शिक्षक र विद्यार्थीहरूमा उत्साह बढाएको भन्दै धन्यवाद व्यक्त गरेको छ। स्थानीयस्तरमा शिक्षा, खेलकुद र समाजसेवामा अग्रसर हुँदै आएका बिरेन्द्र यादवले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यमार्फत समुदायमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।