रुपन्देही ,२४ मंसिर बहुविवाह सम्बन्धी मुद्दामा प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिएको हो । नेपालकी पहिलो श्रीमतीको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार, “बहुविवाहको मुद्दा दर्ता भएपछि उहाँ आफैं हिजो साँझ कार्यालयमा उपस्थित हुनुभयो, त्यसपछि पक्राउ गरी ३ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।” प्रहरीका अनुसार नेपालमाथि बहुविवाहसम्बन्धी थप प्रमाण संकलन भइरहेको छ भने उनकी दोस्रो श्रीमतीको खोजी पनि जारी छ । डीएसपी नेपाल हाल जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत थिए । यसअघि प्रहरी निरीक्षक हुँदा उनी बुटवलको वडा प्रहरी कार्यालयका इन्चार्ज समेत रहेका थिए । उनी यसअघि गाँजाको कारोबारसँग सम्बन्धित आर्थिक लेनदेनमा संलग्न रहेको अभियोगमा विभागीय कारबाहीमा समेत परेका थिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।