राष्ट्रिय दैनिक / नवलपरासी ,२३ मंसिर पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ सरावलमा आगामी पुष ८ गतेदेखि सञ्चालन हुने श्री श्री १०८ हनुमान महायज्ञको आज धार्मिक विधिपूर्वक भूमिपूजन सम्पन्न गरिएको छ। महायज्ञ सञ्चालन समितिका अध्यक्ष महेन्द्र चौधरीको नेतृत्वमा सरावल टोलका समाजिक अगुवा, जेष्ठ नागरिक, बुद्धिजीवी तथा स्थानीय भलाद्मीहरूको उल्लेखनीय उपस्थितिमा गाउँमा रहेको ऐतिहासिक धार्मिक स्थलमा विशेष पूजापाठ सम्पन्न गरिएको हो। भूमिपूजन कार्यक्रम अन्तर्गत देवस्थलमा विधिपूर्वक पूजाआजा गर्नुका साथै पताका गाड्ने कार्य पनि सम्पन्न गरिएको छ। कार्यक्रमलाई धार्मिक वातावरणले अझै भव्य बनाएको थियो। भूमिपूजन कार्यक्रममा धार्मिक व्यक्तित्व शिव नारायण फौजदार, अम्बरिष चौधरी, चतुर्भुज चौधरी, रामानन्द हरिजन, चन्दा चौधरी, रामकरण प्रसाद चौधरी लगायतका विशिष्ट व्यक्तित्वहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। आयोजक समितिले महायज्ञलाई भव्य, शान्तिपूर्ण र सफल बनाउन सम्पूर्ण स्थानीयवासीलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।