आरपि उपाध्याय / त्रिवेणी ,२१ मंसिर त्रिवेणी बहुमुखी सहकारी संस्था सुस्ता २ कुडिया पश्चिम नवलपरासीको २३ औं वार्षिक साधारणसभा महेन्द्र मा.वि. कुडियाको प्राङ्गणमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष प्रेमचन्द्र गुप्ताको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो। सो अवसरमा अध्यक्ष गुप्ताले सहकारी संस्थामा सेयर सदस्यहरुलाई अत्यधिक सेवा पुर्याउनु नै संस्थाको मुख्य उद्देश्य रहेको बताउदै संस्था नाफा नोक्सानभन्दा पनि सेवामूलक हुनुपर्ने अध्यक्ष गुप्ताको भनाइ रहेको थियो। कार्यक्रममा संस्थाका व्यवस्थापक यज्ञ प्रसाद उपाध्यायले आर्थिक प्रतिवेदन, लेखा संयोजक रामअवध गुप्ताले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारणसभामा संस्थाका उपाध्यक्ष रियाजुल अन्सारी,महेन्द्र मा.वि. कुडियाका पुर्व प्र.अ. भुपनारायण चौधरी,पुर्व अध्यक्ष राम बहादुर जर्घा, समाजसेवी नारायण प्रसाद पाण्डे लगायतले संस्थाको गतिविधि माथि प्रकाश पार्नुभएको आयोजक संस्थाले बताएको छ। साधारणसभाले संस्थामा विगत र वर्तमान समयमा भएको गतिविधि माथि छलफल भएको जानकारीमा आएको छ। संस्थामा हाल पुरुष ३८७ र महिला २०१ गरि कुल ५८८ सेयर सदस्य रहेको संस्थाका कर्मचारी टीका ज्ञवालीले बताएका छन। नवलपरासीको पुरानो सहकारी संस्था मध्ये त्रिवेणी बहुमुखी सहकारी संस्था एक रहेकोमा संस्थाले आफ्नो स्थापना कालदेखि नै हालसम्म कृषि सामाग्री लगायतका वस्तुहरु बिक्रीवितरण सहित सहकारी शिक्षालाई लागू गर्दै आएको पनि जानकारी प्राप्त भएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।