संजय कुशवाहा / नवलपरासी २१ मंसिर शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिका वडा नं. ७ गुठी सूर्यपुरामा सहकारीको साधारणसभा सम्पन्न भएको हो । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले संस्थाको उन्नति र प्रगतिको कमना गर्दै यो सहकारी नेतृत्वको कारण र सेयर धनीको धैर्यता र ईमान्दारिताको कारण यो शुभेच्छा बचत तथा ऋण सहकारी अगाडि बढी राखेको छ जुन हाम्रो गर्भको विषय हो । सहकारी पुरूष र महिला एक ठाउँमा उभ्याउन सफल भएको बताउदै पैसा बचत गर्ने बानीको विकास गर्नु पर्छ र वहाँले सहकारीको उचित मुल्यांकन अनुसार आफु सदैव सहयोग गरिरहने बताए । यो कृषि क्षेत्र भएकोले किसानको हरेक संघर्षमा आफू सहभागी हुने छ । साथै यो क्षेत्रको उन्नति र विकासको लागि आफु सदैव लागि रहने छु बताउनुभयो । संस्थाका अध्यक्ष एवं सभाका सभापति भगवन्त प्रसाद धवलले प्रगति प्रतिवेदन पेस गर्दै शुभेच्छा बचत तथा ऋण सहकारी संस्थालाई सबल र सक्षम संस्थाको रूपमा निर्माण गरि सेयर सदस्यहरूलाई प्रदान गरिने सेवा सुविधा गुणात्मक तथा परिमाणात्मक रूपमा वृद्धि गरि यसलाई आधुनिक प्रविधिबाट सम्पन्न बनाई व्यवसायिकरण गर्ने उद्देश्यका साथ संस्थालाई अगाडि बढाएको बताए । संस्थाले युवा स्वरोजगार, कृषि, व्यापार, वैदेशिक रोजगार र पशुपालन,बाख्रा पालन,ब्युटी पार्लर र साना उद्योग जस्ता उत्पादन तथा सेवामूलक क्षेत्रमा लगानीलाई निरन्तरता दिदै जानेमा जोड दिए । उक्त सहकारी संस्थामा आबद्ध शेयर सदस्यहरूलाई दिदै आएको क्रिया खर्च र सुत्केरी स्याहार खर्च यो वर्ष पनि निरन्तरता दिइने बताए । त्यस्तै सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेस गर्दै कोषाध्यक्ष बलवन्त कुर्मीले सहकारी अझै पनि आर्थिक रूपले अगाडि बढ्न सक्ने र सदस्यहरूको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने प्रशस्त स्थान रहेको बताए साथै संस्थाले सामाजिक दायित्व पूरा गर्दै गत वर्ष जस्तै यसवर्ष पनि प्रतापपुर गाँउपालिकाको विभिन्न ठाँउमा बस्ने सिमेन्ट बेञ्च राखेको कुरा जानकारी दिए । सभामा कोषाध्यक्ष कुर्मीले आ.व. ०८१/८२ को आर्थिक प्रतिवेदन र ०८२/८३ को कार्ययोजना समेत प्रस्तुत गरेका थिए । शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाले हाल सम्ममा ३३ करोड ५३ लाख १४ हजार ८ सय २१ रूपैयाँ २७ पैसाको कुल कारोबार गरेर ८९ लाख ५ हजार ७ सय १८ रूपैयाँ २१ पैसा शुद्ध नाफा कमाएको छ । हालसम्म उक्त सहकारीमा ५ हजार ४ सय ४० जना शेयर सदस्य रहेको व्यवस्थापक दिनेश कुमार कुर्मीले जानकारी दिए । सो कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष हरेन्द्र यादव , गण्डक नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता ,नौलो विहान बहुमुखी सहकारी संस्थाको अध्यक्ष राम प्रित यादव , नेफ्स्कुन रूपन्देही सदस्य सेवा कार्यालयका वरिष्ठ सहायक नेत्र प्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य तथा संस्थाको उपाध्यक्ष अभिनन्दन सिंहले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव भोला प्रसाद कुर्मीले गर्नु भएको थियोे l राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।