राष्ट्रिय दैनिक / नवलपरासी ,१८ मंसिर पश्चिम नवलपरासीको किसानहरू यस वर्ष फूल गोभीको राम्रो मूल्य पाएपछि निकै उत्साहित बनेका छन्। रामग्राम–१७ पिपरहियाका स्थानीय किसान रामसुरत कोइरीका अनुसार बजारमा अहिले फूल गोभी प्रतिकेजी ८० रुपैयाँमा बिक्री भइरहेको छ, जसले कृषि काम गर्ने श्रमिकदेखि साना किसानसम्म प्रत्यक्ष फाइदा पुगेको छ। गत वर्ष यस्तै मौसममा फूल गोभी ४०–४५ रुपैयाँ प्रतिकिलोमै बिक्री हुने गरेको थियो। उत्पादन लागत नउठेर निराश भएका किसानहरू यस वर्ष भने राम्रो आम्दानीको आशामा उत्साहित छन्। बजारमा माग बढ्नु र उत्पादन गुणस्तर राम्रो हुनु मूल्य वृद्धि भएको मुख्य कारण मानिएको छ। किसानहरू खुशी भए पनि, नगरपालिकाबाट चाहिँ सहयोग नपाएको गुनासो रामसुरत कोइरीले व्यक्त गरेका छन्। उनका अनुसार, “किसानले दुःख गरे पनि रामग्राम नगरपालिकाले कुनै प्रकारको सहयोग र प्रोत्साहन दिएको छैन्।” उपयुक्त भण्डारण, समयमै प्रविधिमैत्री कृषि तालिम र बजार व्यवस्थापन भए किसानहरू अझ आत्मनिर्भर र सशक्त बन्न सजिलो हुने बताएका छन । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।