राष्ट्रिय दैनिक / नवलपरासी ,१८ मंसिर पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकाले २०८२/८३ को स्वीकृत वार्षिक बजेटअनुसार जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यका साथ निशुल्क मोतियाबिन्दु अपरेशन कार्यक्रम सञ्चालन गर्न लागेको छ। यसैक्रममा सरावल गाउँपालिका र बिनोद–निता कण्डेल आँखा अस्पतालबीच औपचारिक सम्झौता सम्पन्न भइसकेको छ। सम्झौताअनुसार गाउँपालिकावासीले गुणस्तरीय आँखा उपचार र मोतियाबिन्दु शल्यक्रिया निःशुल्क प्राप्त गर्न सक्नेछन्। कार्यक्रमबारे अध्यक्ष सुखाडी प्रसाद चौधरीले भन्नुभयो: “हामी जनताको स्वास्थ्यलाई सर्वोच्च प्राथमिकतामा राख्छौं। यस अभियानमार्फत् सबै वासीले गुणस्तरीय आँखा उपचार र मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सहज रूपमा प्राप्त गर्नेछन्। हाम्रो लक्ष्य स्थानीय स्तरमै स्वास्थ्य पहुँच र जीवनस्तर सुधार गर्नु हो।” सरावल गाउँपालिकाको यो पहलले स्थानीय स्तरमै स्वास्थ्य सेवा पहुँच विस्तार र समुदायको जीवनस्तर सुधारमा नयाँ मानक स्थापित गरेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।