नवलपरासी,१७ मंसिर कला, सीप, नेतृत्व र सामुदायिक क्षेत्रमा काम गरीरहेको डेनमार्कको होलब्याकमा रहेको लुर्सना युथ हाउस सञ्चालक युवा केहि महिना पछि पश्चिम नवलपरासीको बर्दघाटमा आउने भएका छ्न । समृद्ध समुदाय विकास केन्द्र ,बर्दघाट नगरपालिकाले सञ्चालन गर्न खोजेको युवा लक्षित परियोजनाका वारेमा बुझ्न युवाहरुको समुह बर्दघाट आउन लागेको समृद्ध समुदाय विकास केन्द्र ,बर्दघाटका निर्देशक युवराज चापागाईले बताउनु भएको छ । बर्दघाटमा पत्रकारहरुसंग भएको छलफलका क्रममा चापागाइले डेनमार्कबाट आउने १६ बर्ष देखि ३० बर्ष उमेर समुहका युवाहरुले बर्दघाटका सोही समुहका बिभिन्न क्षेत्रका ३० जना युवाहरुसंग भेटघाट तथा छलफल गर्ने र युवाहरुको चाहना अनुसारका मात्र काम गर्ने गरी नेपाल आउने तयारी भएको बताईएको छ । चापागाइका अनुसार २ हप्ताका लागि आउने उक्त टिमका सबै सदस्यहरु स्थानिय युवाहरुकै घरमा बस्ने ,२ दिन युवाहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने,युवाहरुको चाहना बुझने, १ दिन उनीहरुले चाहेको स्थानको भ्रमण गराउने ,१ दिन स्थानिय दलहरुसँग युवाहरुको बारेमा दलको धारणा बुझने लगाएतको कार्यतालीका बनाएर डेनमार्कको होलब्याकमा रहेको लुर्सना युथ हाउसको टिम बर्दघाट आउन लागेको हो । नेपालका युवाको दैनिक जीवन, समाज, चुनौतिहरू र सम्भावनाहरू बुझ्ने र डेनमार्क फर्किएपछि, होलब्याकका युवाले नेपालबारे फोटो प्रदर्शनी, भिडियो कथा र संवाद कार्यक्रम मार्फत त्यहाँका युवाहरूको जीवन, सपना र चुनौतीबारे आफ्नो समुदायलाई जानकारी गराउने उद्धेश्य अनुरुप उनीहरु नेपाल आउन लागेका छन । डेनमार्कबाट आउने जेनजी समुहका युवाहरु र बर्दघाटका सेलेक्टेड ३० युवाहरुमात्र समावेस हुने सो कार्यक्रममा दुबै देशका जेनजी समुह रहेकाले वर्तमान नेपालको राजनितिक अवस्थाले असर पार्न सक्ने संभावना रहेकाले त्यस तर्फ सजक रहन पत्रकारहरुले आग्रह गरेका थिए । समृद्ध समुदाय विकास केन्द्र ,बर्दघाटका निर्देशक युवराज चापागाइले “युथ हाउस विद बोर्डर लेस होलब्याक देखि बर्दघाटसम्म” नामक परियोजना सञ्चालनको संभाभ्यता अध्ययनका लागि युवा टिम आउन लागेको बताउदै लक्षित युवा बर्गका लागि सकारात्मक सन्देश भएको उल्लेख गर्नु भयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।