२४ घण्टामा १७ आगलागी, ८३ लाखको क्षति

काठमाडौं ,१७ मंसिर

सुक्खायाम सुरु भएसँगै देशभर आगलागीका घटना बढ्न थालेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंसिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म मात्त्र २४ घण्टाको अवधिमा २० वटा विपद् घटना दर्ता भएका छन्, जस मध्ये १७ वटा आगलागीका घटना मात्र रहेका छन्।

बाँकी तीन घटनामा मुस्ताङमा लेक लाग्ने, महोत्तरीमा सर्पदंश र पर्सामा जनावरको आक्रमण भएका छन्। प्राधिकरणका अनुसार सिरहामा तीन, भोजपुरमा दुई तथा पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर, कास्की, कपिलवस्तु, गुल्मी र बाँकेमा एउटा–एउटा गरेर आगलागीका घटना दर्ता भएका छन्।

अधिकांश आगलागी असावधानीका कारण भएको बताइएको छ। गाइगोठमा खोले पकाउने, सुँगुरलाई चारो तताउने, ग्यास चुल्हो नजिकै आगो ताप्ने, विद्युत् तार सर्ट हुने तथा विद्युतीय सवारी साधनमा अचानक आगो लाग्नेजस्ता कारणले आगलागी भएका घटना देखिएका छन्।

आगलागीका कारण ८२ लाख ९१ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot