इन्डोनेसिया र श्रीलंकामा चक्रवातजन्य बाढी–पहिरो : करिब १,२०० भन्दा बढीको मृत्यु, सयौँ बेपत्ता

काठमाडौं ,१६ मंसिर

दक्षिण–पूर्वी एसियाका विभिन्न देशहरू चक्रवातका कारण उत्पन्न बाढी तथा पहिरोबाट गम्भीर रूपमा प्रभावित भएका छन्। इन्डोनेसिया, श्रीलंका, मलेसिया र थाइल्यान्डमा अत्यधिक वर्षा र उग्र बाढीका कारण सयौँ मानिसहरूले ज्यान गुमाएका छन् भने हजारौँ विस्थापित भएका छन्।

इन्डोनेसियामा सुमात्रा टापु र आचे प्रान्त सबैभन्दा बढी प्रभावित भएका छन्। लगातारको भारी वर्षा, चक्रवातजन्य आँधीबेहरी र पहिरोका कारण ६०० भन्दा बढी मानिसको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको छ। स्थानीय बासिन्दाहरूले धेरै दिनदेखि पर्याप्त खाना तथा औषधि नपाएको गुनासो गरेका छन्। उद्धार तथा राहत कार्यमा इन्डोनेसियाली सेना तैनाथ गरिएको छ।

श्रीलंकामा पनि प्राकृतिक प्रकोपको स्थिति अत्यन्त गम्भीर बन्दै गएको छ। देशको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार अहिलेसम्म ३९० जनाको मृत्यु, ३५२ जना बेपत्ता रहेका छन्। प्रभावित क्षेत्रहरूमा सेना, प्रहरी र राहतकर्मी परिचालन गरी उद्दार तथा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। लाखौँ मानिस विस्थापित भई अस्थायी शिविरमा बस्न बाध्य भएका छन्।

यस्तै, चक्रवातको असर उत्तरी मलेसिया र दक्षिणी थाइल्यान्डमा पनि देखिएको छ। ती क्षेत्रहरूमा पनि भारी वर्षा, बाढी र आँधीबेहरीका कारण कम्तीमा १७० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।

कुल मिलाएर, यी चार देशमा विपद्को प्रभाव भयावह बन्दै गएको छ। अधिकारीहरूले अझै मौसम जोखिमपूर्ण रहेको बताउँदै सतर्कता अपनाउन अनुरोध गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot