नवलपुरमा आयोजित १८औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

आरपि उपाध्याय / नवलपुर ,१५ मंसिर

जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा सञ्चालन भएको १८ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सोमबार त्रिवेणीमा सम्पन्न भएको छ।

जिल्ला स्यरीय खेलकुद प्रतियोगिता नारायणी गण्डकी साधारण तथा संस्कृत मा.वि. त्रिवेणीको संयोजन र व्यवस्थापनमा गरिएको थियो।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेत बहादुर पुनको अध्यक्षता तथा विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीको प्रमुखआतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।


सो अवसरमा अध्यक्ष गिरीले खेलकुद विकासको लागि हामी सबै मिलेर काम गर्दा सफलताको बिन्दुमा पुग्न सकिने बताउनु भयो। उहाँले खेलको विकासको लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्ने कुरामथी जोड दिनुभयो।
कार्यक्रममा विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले नवलपुर जिल्ला भरिका खेलाडीहरु प्रतिस्पर्धाको लागि त्रिवेणी आउनु आफैमा महत्वपूर्ण रहेको धारणा राख्दै सबै आगन्तुक विद्यार्थीलाई वडाको तर्फबाट धन्यवाद ज्ञापन पनि गर्नुभयो।

सो अवसरमा विद्यालयका प्र.अ. दिनेश कुमार पाण्डेले प्रतियोगिता सफल बनाउन विभिन्न उपसमितिको कुशलता पुर्वक गरिएको तयारीले नै खेल सफलतापुर्बक सम्पन्न भएकोमा सबैमा कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो।
कार्यक्रममा बौद्धिकाली गाउँपालिका वडा न.२ का वडा अध्यक्ष श्याम श्रेष्ठ, नारायणी गण्डकी मा.वि. त्रिवेणीका व्यवस्थापन समिती अध्यक्ष चिरञ्जीवी ढुंगाना लगायतले आफ्नो धारणा राख्नुभएको कार्यक्रम सञ्चालक शिव प्रसाद बस्यालले जानकारी दिनुभयो।
जिल्ला स्तरीय खेल प्रतियोगितामा गैंडाकोट नगरपालिका प्रथम,कावासोती नगरपालिका द्वितिय र मध्यविन्दु नगरपालिका तृतीय भएको आयोजकले जानकारी दिएको छ।


त्यसैगरी सम्पन्न खेलको एथलेटिक्स खेल तर्फ बेस्ट खेलाडी छात्रतर्फ कावासोतीका प्रदीप महतो र छात्रातर्फ उत्कृष्ट खेलाडी कावासोतीकै आरती बि.क. घोषित हुनुभएको छ।

खेलमा भलिबलतर्फ गैंडाकोटका मनोज सुगर पाक र छात्रातर्फ देवचुलीकी चनमाया सिंजाली उत्कृष्ट घोषित हुनुभएको छ।
त्यसैगरी कबर्दीतर्फ उत्कृष्ट खेलाडीमा विनयी त्रिवेणीका विष्णु केवट र छात्रातर्फ देउचुलीकी सजल सारु उत्कृष्ट घोषित भएका छन।


विजयी र उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि गिरीले कप मेडल सहित प्रमाणपत्र प्रदान गर्नुभएको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot