बारा प्रहरीद्वार २४ घण्टामा उधोगकर्मी सिंहको हत्यामा संलग्न रहेको २ जना पक्राउ 

कलैेया,१४ मंसिर

जिल्ला प्रहरी कार्यालय बाराले २४ घण्टा भित्रमा  प्रसौनी गाउँपालिका वडा नं. ६ मा रहेको पानी उद्योग किरन बेभरेज नेपाल प्राइभेट लिमिटेडका व्यवस्थापक रामकिशोर सिंहको हत्याको घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गर्ने सफल भएका छन्।

पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं.२२ मनियारीका २१ वर्षीय राजनकुमार राम,सोही ठाउँका ३२ वर्षीय प्रमोद साह तुरहा रहेकोजिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए।

प्रहरीले रगत लागेको फलामको छुरा एक थान, र रगत लागेको ईट एक थान दसीको रुपमा बरामद गरेको छ। मंसिर ११ गते बेलुका किरन बेभरेज उद्योग भन्दा २५ मिटर उत्तर तर्फ अगाडीको खाल्डोमा सर्लाही धनकौल गाउँपालिका वडा नं.२ घर रहेका ५० वर्षीय उद्योगका व्यवस्थापक रामकिशोर सिंहलाई धारिलो हतियारको प्रयोग गरी हत्या गरी फालेको अवस्थामा शव फेला परेको थियो।

वर्ष २१ को राजनकुमार राम सोही पानी फ्याक्ट्रीमा चालकको रूपमा काम गर्दै आईरहेका थिए। गत सालको गढीमाईको मेलाको वखत गाडीको कलच प्लेट जलाएको कारण निज मृतक र राजन कुमार रामको बिच झै–झगडा भएको थियो।

उनले काम छाडी गएकोमा पुनः २०८२ कार्तिक १ गते देखी २०८२ मंसिर १० गते सम्म काम गरेका थिए। निजले चालकको काम गर्दा फ्याक्ट्रीले तोकेको पानीको बिक्री मुल्य रू.११० लाई रामले आफ्नो व्यक्तिगत मुनाफाको लागी उक्त पानी रू.११५/१२० बजारमा बेच्दै आएको कुरा निज मृतकले थाहा पाएका थिए। यसपछि उनले मंसिर १० गते कामबाट हटाएका थिए।

मृतकले रामको हिसाब किताब गरी रकम समेत फर्छौट गरेका थिए। सोही रिसईवीलाई लिई निज राजन कुमार राम र निजको साथी प्रमोद साह तुरहा वीरगंजमा संगै बसी जाँड रक्सी खाई हत्या गर्ने योजना बनाएका थिए।

सिंह फ्याक्ट्रीमा रहेको अवस्थामा दुबै जना आई साथमा बोकी ल्याएका धारिलो हतियार छुरा र ईट को प्रयोग गरी विभत्स हत्या कसुर गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट तत्काल घटनास्थलमा प्रहरी पुगी घटनामा संलग्न रही तत्काल फरार रहेका व्यक्तिहरूको खोजतलाश तथा पहिचान गरी जिल्ला प्रहरी कार्यालय पर्सा समेतको समन्वयमा पर्साको छिपहरमाई गाउँपालिका वडा नं.५ भिस्वाको नाकाबाट भारत तर्फ भाग्दै गरेको अवस्थामा राजन कुमार रामलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रमोद साह तुरहालाई वीरगंज महानगरपालिका वडा न.२२ मा लुकिछिपि बसेको अवस्थाबाट प्रहरीले पत्ता लगाई करिब १६ घण्टा भित्र प्रभावकारी रूपमा प्रहरी परिचालन गरी पक्राउ गरेको हो।

बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिई बारा प्रहरीले उनीहरुमाथि थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot