श्रीलंकामा समुन्द्री आँधीपछिको बाढीपहिरोमा परी १९३ जनाको मृत्यु

काठमाडौं , १४ मङ्सिर

श्रीलंकामा समुन्द्री आँधीपछि आएको बाढीपहिरोमा परी १९३ जनाको मृत्यु भएको छ । २०० जना भन्दा बढी मानिस बेपत्ता र २० हजार भन्दा बढी घर क्षतिग्रस्त भएको त्यहाँको विपद् व्यवस्थापन केन्द्रलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

श्रीलंका अहिले खराब मौसमी प्रकोपसँग जुधिरहेको छ । १ लाख ८ हजार मानिसलाई अस्थायी शिविरहरुमा राखिएको छ । दित्वाह नामको समुन्दी आँधीपछि श्रीलंकामा आपतकाल घोषणा गरिएको छ ।

देशको करिब एक तिहाइ भागमा बिजुली र खानेपानी आपूर्ति ठप्प छ । केलानी नदीको पानीको स्तर द्रुत गतिमा बढ्दै जाँदा त्यस क्षेत्रका मानिसलाई अन्यत्र सार्न सरकारले निर्देशन दिएको छ । मृत्यु हुनेमा क्यान्डी र बदुल्ला क्षेत्रमा धेरै छन् । अनुराधापुरामा पानीमा डुबेको बसबाट ६९ जनालाई उद्धार गरिएको छ ।

श्रीलंकाली सरकारले अन्तर्राष्ट्रिय सहायताका लागि आग्रह गरेको छ । प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्न विदेशमा रहेका श्रीलंकालीहरूलाई पनि आह्वान गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot