४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं ,१३ मंसिर

नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान नयाँ नोट छपाइको जिम्मा चिनियाँ कम्पनी ‘चाइना बैंक नोट मिन्टिङ एन्ड प्रिन्टिङ कर्पोरेसन’लाई दिएको छ। अन्तर्राष्ट्रिय बोलपत्र आह्वान प्रक्रियामार्फत प्रतिस्पर्धी कम्पनीहरूबीचको छनोटपछि सो चिनियाँ कम्पनीले ठेक्का पाएको राष्ट्र बैंकले जनाएको छ।

चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’को सहायक संस्थाका रूपमा रहेको उक्त कम्पनीसँग राष्ट्र बैंकले औपचारिक रूपमा छपाइ सम्झौता गरिसकेको छ। सम्झौता अनुसार कम्पनीले १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा नोट छापेर नेपाल पठाउनेछ।

राष्ट्र बैंकले यसअघि सेप्टेम्बर २५ मा ‘प्रि–बिडिङ’ बैठक आयोजना गर्दै २१ अक्टोबरसम्म बोलपत्र पेस गर्न समय दिएको थियो। बोलपत्र मूल्यांकन, प्राविधिक परीक्षण लगायतका प्रक्रिया पूरा गरेपछि चिनियाँ कम्पनी छनोट भएको हो।

राष्ट्र बैंकका अनुसार छापिन लागेका ४३ करोड थान हजार दरका नोटहरूले आगामी सवा तीन वर्षसम्मको बजार माग धान्ने अनुमान गरिएको छ।

यसअघि पनि राष्ट्र बैंकले हिजोआज प्रचलनमा रहेका हजार दरका नोट यही चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङबाटै छपाएको थियो। त्यतिबेला अमेरिकी डलरको विनिमय दर करिब १०८ रुपैयाँ हुँदा प्रतिनोट छपाइ लागत रु ३.३७ परेको थियो।

राष्ट्र बैंकका अधिकारीका अनुसार नोटको सुरक्षा विशेषता, गुणस्तर र आपूर्ति स्थिरता हेरी चीनसँग निरन्तर सहकार्य भइरहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot