पर्साका एसपी पाठक हुण्डी विरुद्ध आक्रमणक बन्दै;एक सप्ताहमा२८लाँख रुपैयाँ सहित २ जना पक्राउ 

वीरगन्ज ।पर्साले प्रहरीले स्रोत नखुलेको हुन्डी रकम सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक सुदिप राज पाठक नितृत्वमा वित्तिय अपराध नियन्त्रण गर्नको लागि कठोर कदम चाली धमाधम पक्राउ अभियान थालेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको मोतिहारी जिल्लाको रक्सौल निवासी ५३ बर्षीय सुरेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको छ।

वीरगंज महानगरपालिका वडा नम्बर १६ रजत जयन्ति चोकस्थित सडकमा खटिएको प्रहरी टोलीले 

रक्सौलबाट वीरगंज आउँदै गरेका साहको मधेस प्रदेश ०३–०२५ प ९८०७ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा मोटरसाइकलको एयर फिल्टरमा लुकाइएका नेपाली १ हजार दरका नोट ७ सय थान र ५ सय दरका नोट ६ सय थान गरी कुल १० लाख रुपैयाँ बरामद भएको पर्साका प्रहरी उपरीक्षक पाठकले जानकारी दिए।

साहलाई अवैध वित्तिय कारोबार शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक पाठकले बताए।

त्यसैगरी, प्रहरीले मंसिर ७ गते पर्सा प्रहरीले विशेष सूचनाका आधारमा ठूलो परिमाणको हुण्डी रकमसहित अर्का एक जनालाई पक्राउ गरेको छ। पकाहामैनपुर गाउँपालिका–१ स्थित धोरे चेकपोस्टमा खटिएको संयुक्त टोलिले १५ लाख रुपैयाँबराबरको नगद बरामद गर्दै ३४ वर्षीय अवधेश पटेललाई नियन्त्रणमा लिएको छ।

जाँचका क्रममा बरामद रकम मोटरसाइकलको लेगगार्डमा राखिएको झोलाभित्र फेला परेको थियो। पर्सा प्रहरीले उल्लिखित रकम हुण्डी कारोबारसँग सम्बन्धित रहेको जनाएको छ र मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) अनुसार थप अनुसन्धान भइरहेको छ।

पर्सा प्रहरीले स्रोत, संलग्न व्यक्ति र सम्भावित आपराधिक गतिविधिबारे अनुसन्धान जारी राखेको छ। एसपी सुदीपराज पाठकको सक्रिय नेतृत्वमा भइरहेको यो कारबाहीले जिल्लामा गैरकानुनी हुण्डी कारोबारमा ठूलो प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot