त्रिवेणीमा पालिका स्तरीय आठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

आरपी उपध्याय / नवलपरासी

पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ त्रिवेणीमा पालिका स्तरीय आठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता एक कार्यक्रमका बिच शुक्रबार शुभारम्भ भएको छ।
विनयी त्रिवेणी गाउँपालिकाको आयोजनामा नारायणी गण्डकी साधारण तथा संस्कृत मा.वि. को खेल मैदानमा खेलकुद प्रतियोगिता शुभारम्भ भएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी ढुंगानाको अध्यक्षतामा पालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले पालिका सरकारद्वारा गरिएको कार्य मिलेको छैन भने प्राप्त सुझाव बमोजिम सच्चिएर अघि बढने बताउनु भयो।
अध्यक्ष गिरीले नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका उत्कृष्ट खेलाडी उत्पादन गर्ने पालिका रहेकोमा हामी सबैले गौरव गर्नुपर्ने बताउदै खेलाडीहरुलाई मनोबल बढाउने कार्यमा सबै पक्षको सहयोग रहनुपर्ने जिकिर पनि गर्नुभयो।
खेलकुद विकासका लागि पालिकाले सदैव उच्च लगानी गरेको चर्चा गर्दै पालिकाले गरेको लगानीलाई राम्रो परिणाम ल्याउन सम्पुर्ण सरोकारवाला निकाय मन,कर्म, र वचनबाट प्रतिबद्ध भएर अगाडि बढ्नुपर्ने कुरामाथी गिरीले जोड दिनुभएको थियो ।
कार्यक्रममा छिमेकी सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले हालको विनयी त्रिवेणी गाउँपालिका वडा न.६ र ७ मा आफ्नो ठूलो लगानी रहेकोले उक्त वडाहरुमा आफु नेतृत्वमा रहदासम्म यस विद्यालयलाई प्रा.वि. बाट मा.वि. बनाउने तर्फ ठूलो मेहनत गरेको प्रसङ्ग औल्याउँनु भएको थियो।
सो अवसरमा गजेन्द्र मोक्ष धाम क्षेत्र विकास समितिका अध्यक्ष समेत रहनु भएका करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले हालको समयमा व्यक्तिहरु अत्यन्त विलासी तर्फ लागिरहेको हुँदा शारीरिक र खेलकुदको माध्यमबाट आफ्नो स्वास्थ्य राम्रो बनाउने कार्यतर्फ लाग्नुपर्ने समयको माग रहेको जिकिर गर्नुभयो।
कार्यक्रममा विद्यालयका प्र.अ. दिनेश कुमार पाण्डेले हाम्रो विद्यालय सामुदायिक रहेकोेले विद्यालयको सम्पुर्ण सहयोग कार्यमा समुदायको नै लगानी रहदै आएको बताउदै विद्यालयका पुर्व र वर्तमान पदाधिकारी शिक्षक र अभिभावकको सहयोगबाटै विद्यालय अगाडि बढिरहेको धारणा समेत राख्नुभयो।
कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती बैधवार क्षेत्री लगायतले पनि कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको खेलकुद प्रतियोगितामा दौड,कबर्दी,भलिबल लगायत २० खेल खेलाइने आयोजकले बताएको छ।
शुक्रबार बिहानदेखि प्रारम्भ भएको खेलकुद प्रतियोगितामा छात्रछात्राहरुको १५ सय मिटर दौड र छात्रछात्राहरुकै ४ सय मिटर दौड सम्पन्न भइसकेको तथा बाकी खेल शनिबारसम्म सम्पन्न गरिने विनयी त्रिवेणी गाउँपालिका शिक्षा शाखा प्रमुख भुपराज पाण्डेले जानकारी दिनुभएको छ।
पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सामुदायिक विद्यालयतर्फ ९ मा.वि. र निजी विद्यालयतर्फ ४ गरि जम्मा १३ मा.वि. हरुको कार्यक्रममा सहभागी रहेको कार्यक्रम सञ्चालक शिव प्रसाद बस्यालले बताउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot