आरपि उपाध्याय / त्रिवेणी ,११ मंसिर पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ मा रहेको त्रिवेणी आयुर्वेदिक औषधालयले नयाँ प्रविधि अन्तर्गतको पञ्चकर्म सेकाइ कार्यलाई निरन्तरता दिएको छ। पञ्चकर्म सेवा अन्तर्गत एकांग स्वेदन, स्वाङ्ग स्वेदन,सिरोधरा लगायत बिरामी केन्द्रित सेवा सञ्चालन गरिएको वरिष्ठ कविराज निरीक्षक बलराम सुवेदीले जानकारी दिनुभएको छ। २०४२ सालमा स्थापना भइ सेवा सुचारु गरेको त्रिवेणी आयुर्वेदिक अस्पतालमा पछिल्लो समययता आयुर्वेद पद्धति अनुसार बिरामीहरुलाई भरपर्दो र विश्वासनिय रुपमा रोग पहिचान गरि औषधि वितरण र सेकाइ कार्य गर्न थालेपछि औषधालयमा बिरामीको चाप बढ्न थालेको हो। औषधालयमा वरिष्ठ कविराज सहित विशेषज्ञ चिकित्सकको सेवा कार्य सुचारु भएपछि दैनिक रुपमा २५ देखि ३५ को सङ्ख्यामा बिरामीहरु उपचारको लागि आउने गरेको पनि औषधालयले बताएको छ। हाल औषधालयले जिउ दुख्ने,हातखुट्टा नचल्ने,पक्षघात,मोटोपना घटाउने र युरिक एसिड जस्ता रोगहरुलाई आयुर्वेदिक औषधिको उपचारले बिरामी निको हुन थालेपछि औषधालयमा बिरामीको सङ्ख्या ह्वात्तै बढन थालेको हो । खानपिन,आहार,बिहार असन्तुलित हुने र बिलासी जीवनशैलीले अल्पायुमै विभिन्न रोगको सिकार हुन थालेपछि वृद्धवृद्धा,युवावर्ग समेत योग अभ्यास र आयुर्वेद प्रति झुकाउ बढन थालेपछि ती वर्गहरु आयुर्वेदिक औषधालयमा जान थालेको पनि जानकारीमा आएको छ। हाल त्रिवेणी आयुर्वेदिक औषधालयमा विभिन्न २३ प्रकारका औषधि निशुल्क वितरण गरिएको पनि औषधालयले जानकारी दिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।