दोरेन्द्र खड्का/ बझाङ ,११ मंसिर बझाङको घरेलु तथा साना उद्योग कार्यलयले जिल्लाका महिलाहरूलाई सीपमूलक तथा उद्यमशील बनाउने उद्देश्यले २ महिने होजियारी तालिम सञ्चालन गरेको छ। तालीमको औपचारिक उद्घाटन सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले गर्नु भयो। कार्यक्रममा बोल्दै सहायक प्रजिअ जोशीले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता सीपमूलक तालिमको महत्वपूर्ण भूमिका रहने बताउँदै सहभागीहरूलाई तालिमलाई अवसरका रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँका अनुसार सीप सिकेर महिलाहरूले घर–परिवार तथा समग्र समाजमा आर्थिक योगदान दिन सक्ने विश्वास लिइएको छ। घरेलु तथा साना उद्योग कार्यलय बझाङका प्रमुख मानबहादुर धामीका अनुसार महिलाहरूलाई उद्यमशीलतामा अग्रसर बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो। उहाँले कार्यलयले विगतका वर्षहरूमा पनि विभिन्न प्रकारका सीप विकास सम्बन्धी तालिमहरू प्रदान गर्दै आइरहेको उल्लेख गर्दै, “हामीले प्रत्येक वर्ष दर्जनौँ महिलालाई व्यावहारिक सीप दिएर स्व–रोजगारमा लाग्न प्रेरित गर्दै आएका छौँ,” भन्नुभयो। धामीका अनुसार यस पटकको होजियारी तथा मेसिनदारा तालिमले सहभागी महिलालाई बजार अनुकूल उत्पादन गर्न सक्षम बनाउनेछ। तालिमपछि सीपका आधारमा साना उद्यम सञ्चालन, स्वरोजगार तथा आय–आर्जन बढ्न सक्ने अपेक्षा कार्यलयले गरेको छ। कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, उद्योग क्षेत्रका सरोकारवाला, प्रशिक्षक तथा सहभागी महिलाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले तालिमप्रति उत्साह देखाइँदै आफूसँग रहेको क्षमता विकासका लागि यस्तो अवसर महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।