मेची–महाकाली साइकल यात्रामा निस्किएका डिएसपी उप्रेतीलाई गण्डक नाकामा भव्य स्वागत

आरपि उपाध्याय / नवलपुर ,१० मंसिर

मेची महाकाली साइकल यात्रामा निस्किनु भएका सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरीक्षकलाई पुर्वी नवलपरासीको गण्डक ब्यारेज नाकामा स्वागत गरिएको छ।

सशस्त्र प्रहरी बलका उपरीक्षक युकेश उप्रेतीलाई विनयी त्रिवेणी ७ को गण्डक ब्यारेज नाकामा स्थानीय संघसंस्थाका प्रतिनिधि र स्थानीयहरुले स्वागत सहित भ्रमणको उद्देश्य बारे जानकारी लिएका थिए।

गत कार्तिक २४ गतेदेखि मेची महाकाली यात्रामा निस्किएका नायब उपरीक्षक उप्रेती सोमबार पर्सा जिल्लाबाट पश्चिम तर्फ प्रस्थान गरि सोमबार साझ त्रिवेणी आइपुग्नु भएको थियो।
गण्डक ब्यारेज पुलमा आइपुग्नु भएका डिएसपी उप्रेतीले सिमा क्षेत्रमा हुने गतिविधि, विकास निर्माण कार्यका साथै नागरिकको समस्यालाई बुझ्ने उद्देश्यले यात्रा प्रारम्भ गरेको बताउदै सिमा क्षेत्रमा सिमा सुरक्षाको अवस्था र राजस्व चुहावट नियन्त्रणबारे भएको प्रयासबारे पनि उप्रेतीले जानकारी लिएका थिए ।

गण्डक ब्यारेज अन्तर्राष्ट्रिय नाकामा साइकल यात्रु डिएसपी उप्रेतीलाई स्वागत गर्दै सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपीका सशस्त्र प्रहरी निरीक्षक कुल बहादुर खडकाले मेची महाकाली यात्रामा निस्किएका उप्रेतीलाई पश्चिम तर्फको थप यात्रा सुखद र उद्देश्यमूलक होस भन्ने कामना गर्नुभएको थियो।
पर्सा जिल्लाको ठोरी हुँदै त्रिवेणी आइपुगेका उप्रेतीले त्रिवेणी भन्सारको अवस्था र भारतबाट नेपाल आउने मालसामानको अवस्थाबारे पनि स्थानीय संघसंस्थाका प्रतिनिधिहरु संग जानकारी लिनुभयो।

यस पुर्व मङ्गलबार बिहान चितवन माणी नगरपालिका १ अन्तर्गत पर्ने बाल्मिकी आश्रम पुगि त्यहाँ रहेको सशस्त्र प्रहरी बलको बिओपीको अवस्था र त्यहाँ बसोबास गर्ने नागरिकहरुले भोग्नुपरेको कठिनाइबारे पनि जानकारी लिनुभएको बुझिएको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय अन्तर्गत कार्य विभाजन शाखामा कार्यरत डिएसपी उप्रेतीको मेची महाकाली यात्राले देशको दक्षिणी सिमा नाकामा हुने सकारात्मक र नकारात्मक गतिविधिलाई अध्ययन अवलोकन गरि एपीएफको मुख्यालय काठमाडौंमा प्रगति विवरण बुझाइने पनि जानकारीमा आएको छ।

डिएसपी उप्रेती मङ्गलबार नै पश्चिम नवलपरासीको सुस्ताको अवलोकन भ्रमण गर्दै पाल्हीनन्दन गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बलको प्रस्तावित गुल्म हरपुर पुगि सिमा अवस्था र नागरिकले भोग्नुपरेको समस्याबारे जानकारी लिदै बुधबार नै रुपन्देही तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको समेत जानकारी प्राप्त भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot