आरपि उपाध्याय / नवलपरासी ,१० मंसिर पश्चिम नवलपरासी सदरमुकाम परासीमा रहेको डा.बिनोद निता कंडेल आँखा अस्पतालले एक कार्यक्रमका बिच आँखा को पर्दा रोग सम्बन्धि नियमित उपचार कार्य प्रारम्भ गरेको छ। आँखा अस्पताल परासीले जिल्लाको दक्षिणी सिमावर्ती भूगाग तथा भारतका सिमावर्ती क्षेत्रका आँखा का बिरामीहरुलाई लक्षित गरि उन्नत,सुरक्षित प्रविधिद्वारा गरिने उपचारलाई अघि बढाउन सर्जन डा. महेश प्रसाद साहलाई पुर्ण कालीन विशेषज्ञ चिकित्सकको रुपमा सेवा गर्न एक कार्यक्रमका बिच अनुमती सहित सम्मान कार्यक्रम गरिएको छ। नेपाल नेत्र ज्योति संघ नवलपरासी शाखाका सभापति देवेन्द्रराज कंडेलको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा सभापति कंडेलले नयाँ प्रविधिद्वारा गरिएको उपचार कार्यले नयाँ युगको सुरुवात भएको बताउनु भयो। उहाँले आँखा को पर्दा सम्बन्धि जटिल रोगको उपचारका लागि टाढा धाउन पर्ने बाध्यताको अन्त्य हुने र ग्रामीण भेगका बिरामीले यसको पहुँचता र सेवाग्राहीको विश्वासलाई थप मजबुत बनाएको धारणा समेत राख्नुभएको थियो। डा.विनोद निता कंडेल आँखा अस्पताल परासीले साढे तीन दशकदेखि आँखा उपचार गर्दै आएकोमा हाल नयाँ प्रविधिले सेवा दायरा र प्रविधि क्षमता सेवाप्रतिको प्रतिबद्धतालाई नयाँ उचाईमा पुर्याउने महत्वपूर्ण कदम बनेको विश्वास लिइएको बताइएको छ। आँखा अस्पताल परासीमा प्राविधिक तर्फ ३०,प्रशासन तर्फ १० जनशक्ति रहेको तथा २ चिकित्सक गरि जम्मा ४२ कर्मचारीहरु सेवारत रहेको अस्पतालका प्रबन्धक अजय पाण्डेले जानकारी दिनुभएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।