अमृता सुनार/नवलपरासी ,९ मंसिर पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ४ मा अवस्थित विद्यालय सुनवल युनाइटेड अंगे्रजी आवासीय मा.वि बाट जिसन नवलपरासीद्धारा आयोजित Basic Level Quiz. Hunt – 2082 मा सहभागी भई द्धितीय स्थान हासिल गर्न सफल विद्यार्थीहरु सक्षम रेग्मी, आरुष सुनाम र प्रियन्सा कंडेललाई एक कार्यक्रमका बीच विद्यालयले सम्मान गरेको छ । शुक्रबार जिसनको आयोजनामा २५ वटा विद्यालयहरुको सहभागिताका साथ बर्दघाटको लन्डन ब्रिज रिसोर्टमा सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगितामा विद्यालयले दोस्रो स्थान हासिल गर्न सफल भएको थियो । प्रतियोगितामा भएका विभिन्न प्रतिस्पर्धात्मक चरणहरु पार पर्दै विद्यार्थीहरुले यो सफलता हातपार्न सक्षम भएकोमा विद्यालयका प्रिन्सिपल धनराज चापागाईले खुशी व्यक्त गर्दै भन्नुभयो ‘विद्यार्थीहरुको सफलता नै विद्यालयको गरिमा उच्च बनाउने आधार हो’ । सुनवल–४, नवलपरासीमा अवस्थित यस विद्यालयले अतिरिक्त क्रियाकलाप, खेलकुद, शैक्षिक क्षेत्रका नगर, जिल्ला, प्रदेश राष्ट्रीय र अन्तराष्ट्रीय स्तरका प्रतियोगिताहरुमा समेत पटक पटक विजेता बन्दै इतिहास कायमगर्न सफल भएको बताइएको छ । विद्यार्थीहरुको क्षमता र रुची अनुसारका क्रियाकलापमा सहभागी गराई उनिहरुलाई तालिम प्रदान गर्दै अगाढी बढाउने पद्धति रहेको हुँदा विद्यार्थीहरु हरेक क्षेत्रमा अब्बल बन्दै गइरहेको कुरा विद्यालयका प्राचार्य धनराज चापागाईले बताउनु भयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।