पर्साको धोरे चेकपोस्टमा १५ लाख अवैध नगदसहित एक जना पक्राउ

राजन कुमार बानिया /पर्सा ,८ मंसिर

पर्साको पकाहामैनपुर गाउँपालिका–१ धोरे चेकपोस्टमा प्रहरीले श्रोत नखुलेको १५ लाख रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ ।
आइतबार दिउँसो विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा बीआर २२ एएफ ४१२६ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम बरामद भएको हो ।

मोटरसाइकलको लेगगार्डमा पङ्कज मसला लेखिएको झोलाभित्र कालो प्लास्टिकमा बेरेर लुकाइएको अवस्थामा प्रहरीले नगद फेला पारेको थियो ।
बरामद रकममा एक हजार दरका ७९० थान गरी सात लाख नब्बे हजार रुपैयाँ, पाँच सय दरका १३०१ थान गरी छ लाख पचास हजार पाँच सय रुपैयाँ, एक सय दरका ५६९ थान गरी छपन्न हजार नौ सय, पचास दरका ५० थान गरी दुई हजार पाँच सय र बिस दरका ५ थान गरी एक सय रुपैयाँ गरी जम्मा १५ लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ धोरे बस्ने ३४ वर्षीय अवधेश पटेल रहेका छन् । मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम हुन्डी कारोबार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले बताउनुभयो ।

नेपाल–भारत सीमा क्षेत्रमा हुन्डीमार्फत अवैध रकम ओसारपसार हुने क्रम बढेपछि प्रहरीले चेकपोस्टहरूमा कडा निगरानी र चेकजाँचलाई तीव्र पारेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot