नेपाल गण्डक पिपरपाती प्रसौनी जल उपभोक्ता संस्थाकाे प्रथम वार्षिक साधारणसभा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,७ मंसिर

नेपाल गण्डक पिपरपाती प्रसौनी जल उपभोक्ता संस्था सुस्ता ३ फेनहरा पश्चिम नवलपरासीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष जोखु यादवको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले किसानहरुको हक,हितका लागि निर्माण भएको पिपरपाती प्रसौनी जल उपभोक्ता संस्थाले किसानको माग बमोजिम पानी पुर्याउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताउनु भयो।
उहाँले उपभोक्ता संस्थाले अधुरो निर्माण कार्यलाई पूरा गर्नुपर्ने विचार राख्दै शाखा नहर मर्मतका लागि १० लाख रुपैयाँको बजेट चालू आर्थिक वर्षमा उपलब्ध गराउने जिकिर पनि गर्नुभयो।
वार्षिक साधारणसभामा नेपाल गण्डक पश्चिम सिँचाइ कार्यालयका प्रमुख तिलकराम बुढाले सिँचाइ कार्य गर्दा उपभोक्ता समिति बढी गम्भीर ढङ्गले अगाडि बढ्न सुझाव दिनुभयो।
साधारणसभामा अध्यक्ष यादवले अध्यक्षको प्रतिवेदन,कोषाध्यक्ष राम बहादुर चौधरी कोषाध्यक्षको प्रतिवेदन र सचिव युवराज अधिकारीले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
साधारणसभामा उपाध्यक्ष रियाजुल अन्सारीले स्वागत मन्तव्य सहित सिँचाइ प्रणालीमा उपभोक्ता समितिको जिम्मेवारी बारे आफ्नो धारणा राख्नुभयो।
सो अवसरमा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन,सञ्चालक समितिको निर्णय अनुमोदन र पानीपोत तथा पानी सेवा शुल्क लगायत विषयहरु साधारणसभामा छलफल सहित निर्णय भएको बताइएको छ।


पिपरपाती प्रसौनीको शाखा नहरको २४ सय ६० हेक्टर सिँचाइ क्षमता भए पनि हाल १५ सय हेक्टर जमीनमा सिँचाइ भइरहेको जानकारी गराइएको थियो।
पिपरपाती प्रसौनी जल उपभोक्ता संस्थामा हाल ८३ जना साधारण सदस्य रहेको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot