स्वाधीन संयुक्त सरकार गठनको अपिल सहित देशैभर १६ शहरमा भण्डाफोर जनसभा

बुटवल ,६ मंसिर – सुशिला कार्की नेतृत्वको वर्तमान साम्राज्यवादी तथा विस्तारवादीहरुको कठ्पुतली सरकारलाई अपदस्त गरी साम्राज्यवाद र विस्तारवादविरोधी सच्चा देशभक्त, प्रगतिशील तथा क्रान्तिकारी शक्तिहरुको नेतृत्वमा संयुक्त स्वाधीन सरकारको गठन गर्न सार्वजनिक आव्हान र अपिल गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाले मंसिर ७ गते देशव्यापी रुपमा भण्डाफोर जनसभाको आयोजना गरिएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मंसिर ७ गते बुटवलको बिपीचोक सहित महेन्द्रनगर, धनगढी सुर्खेत, घोराही, बागलुङबजार, पोखरा, भरतपुर, विदुर, काठमाडौं, धुलिखेल, विरगञ्ज, धनुषा, गाईघाट, धरान र विराटनगरमा जनसभाहरुको आयोजना गरेको हो । जनसभालाई पार्टी महासचिव गौरवसहित स्थायी समिति सदस्यहरु र पोलिटब्यूरो सदस्यहरुले वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको हेडक्वार्टर स्रोतका अनुसार मंसिर महिनाभरि भ्रष्टाचारी र दलालहरुको भण्डाफोर गर्ने कार्यक्रम बनाइएको छ । वर्तमान कठ्पुतली सरकारलाई हटाएर संयुक्त स्वाधीन सरकारको गठन गर्द आव्हान तथा अपिल गर्दै सो पार्टीको केन्द्रीय कार्यालयले जारी गरेको अपिलमा भनिएको छ, “साम्राज्यवाद र विस्तारवाद विरोधी सबै राजनीतिक दल, संगठन, समूह तथा व्यक्ति–व्यक्तित्वहरुको राष्ट्रिय राजनीतिक सम्मेलन, वर्तमान कठपुतली सरकारको विघटन र उक्त सम्मेलनद्वारा गठित स्वाधीन संयुक्त सरकार आजको तत्कालीन राजनीतिक निकास हो । यसप्रकारको सरकारले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, जनजीविका तथा जनवादका समस्या हल गरी अग्रगमनको बाटो खोल्ने छ । यसका लागि जुन हदसम्म नीतिहरु मिल्न सक्छन्, त्यो हदसम्म विभिन्न पार्टी, संगठन, समूह तथा व्यक्तिहरुका बीचमा संयुक्त मोर्चा बनाएर तलसम्म जनतालाई आन्दोलित बनाउनु आजको आवश्यकता हो ।”
सो अपिलमा भनिएको छ, “भष्टाचारका विरुद्धको संघर्ष हाम्रो पार्टीको एजेण्डा हो । आषाढ ५ गतेदेखि हाम्रो पार्टीले “भ्रष्टाचार विरुद्धको अभियान” शुुरु गरेको थियो । जेनजीले भ्रष्टाचारको अन्त्य गर्ने र सामाजिक संजाल माथिको प्रतिबन्ध फुकुवा गर्ने माग राखी चलाएको आन्दोलनप्रति हाम्रो समर्थन रहेको थियो । तर जेनजीको नाममा साम्राज्यवादका दलालहरुले गरेको विध्वंशप्रति हाम्रो पार्टी विरोध गर्दछ । जेनजीको नाममा साम्राज्यवादका एजेण्टहरु सरकारमा पुगेका छन् । यसरी पहिलेको तुलनामा आज राष्ट्रिय स्वाधीनता माथिको खतरा कैयौं गुना बढेको छ ।”

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot