अमृता सुनार/नवलपरासी ,मंसिर ५ शैक्षिक ऐक्यबद्धताको समुह नेपाल जिसन नलपरासीले आज बर्दघाट १० लण्डन बृज रिर्सोटमा क्विच हन्ट कार्यक्रम सम्पन्न गरेको छ । जिसन नवलपरासीका अध्यक्ष थमन शेरचनको अध्यक्षता एवम जिसन नवलपरासीका वरिष्ठ सल्लाहकार सन्तोष रौनियारको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिसन नवलपरासीका वरिष्ठ सल्लाहकार ईन्द बहादुर गुरुङ्ग, धनराज चापागाई, भगवन्त प्रसाद धवल, दिपक पौडेल लगाएतको विशेष आतित्थ्यता रहेको थियोे । जिसन नवलरासीका उपाध्यक्ष सञ्जय ढुङ्गानाको स्वागत मन्तव्य रहेको कार्यक्रममा जिसनका पुर्व लेखा संयोजक बाल कृष्ण लम्साल, जिसन नवलपरासीका वरिष्ठ सल्लाहकार ईन्द बहादुर गुरुङ्ग, सन्तोष रौनियार लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । २५ विद्यालय सहभागी रहेको क्विच हन्ट कार्यक्रमको संचालन जाहिद खाँ र विनय यादवले गर्नुभएको थियो । ECA संयोजक सोमनाथ पाठकले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो भने उक्त कार्यक्रमको संचालन सचिव बलिराम यादवले गर्नुुभएको थियो । उक्त प्रतियोगितामा wisdom सेकेन्डरी बोर्डिङ स्कुुल प्रथम, सुनवल युनाईटेड ईङ्गिलस सेकेन्डरी बोर्डिङ स्कुुल द्धितीय, लखन थापा मेमोरियल एकेडेमी दुम्कीबास तृतीय र न्यू फ्लावर गार्डेन ईङ्गिलस स्कुुल रामग्रामले चौथो स्थान हासिल गरेका छन । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।