एजेन्सी ,५ मंसिर संयुक्त अरब इमिरेट्समा आयोजित दुबई एयर सोमा प्रदर्शनका क्रममा भारतको तेजस लडाकु विमान दुर्घटना भएको छ। भारतीय वायुसेनाले दुबई एयर सोमा तेजस विमान दुर्घटना भएको पुष्टि गरेको छ। वायुसेनाले दुर्घटनामा पाइलटको मृत्यु भएको बताएको छ। समाचार एजेन्सी पीटीआईले घटनाको भिडिओ पोस्ट गरेको छ। जसमा एउटा विमान सिधै जमिनतिर खसेको देखिन्छ, त्यसपछि आगो र कालो धुवाँको मुस्लो देखिन्छ। समाचार एजेन्सी पीटीआईका अनुसार, आज दिउँसो २:१० बजे विमान दुर्घटना भएको हो।एसोसिएटेड प्रेस समाचार एजेन्सीका अनुसार, ‘प्रदर्शनी दुबईको दोस्रो ठूलो अल-मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना भइरहेको छ। दुर्घटना हुँदा विमानस्थलमा धुवाँको मुस्लो उठ्यो र साइरन बज्यो।’ राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।