विवाहपञ्चमीको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै

जनकपुरधाम, मंसिर ५ गते ।

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा भगवान् राम र लक्ष्मणको स्वरुपमा सजिएकाहरुलाई पुष्पबाटिकामा घुमाउने चलन छ, जहाँ राम–जानकीको पहिलो भेट भएको किम्वदन्ती छ ।

आज साँझ जानकी मन्दिर छेउको विवाहमण्डपस्थित फूलबारीमा राम र लक्ष्मणको अवलोकन गराइने कार्यक्रम छ । यस अवसरमा राम, लक्ष्मण र जानकीका स्वरूपमा सिँगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने परम्परा छ ।

त्रेता युगमा गुरु विश्वामित्रसँग धनुष यज्ञमा सहभागी हुन अयोध्याबाट जनकपुर आएका राम र लक्ष्मण फूलबारी घुम्न पुगेका बेला राम र सीताको पहिलो नजर भेट भएको थियो । यही क्षणबाट एक–अर्काप्रतिको आकर्षण सुरु भएको र जानकीले राम जस्तै बर पाउने कामना गरेको जनकी मन्दिरका सहमहन्त रामरोशन दास बताए ।

बिहीबार महोत्सवको पहिलो दिन राम र लक्ष्मणलाई जानकी मन्दिर परिसरमा नगरदर्शन गराइएको थियो । भोलि बिहीबार तिलकोत्सव मनाइने कार्यक्रम रहेको छ ।

त्रेता युगमा सम्पन्न मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको दिव्य विवाहको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष धुमधामका साथ विवाहपञ्चमी पर्व मनाइन्छ । मंसिर ४ गतेबाट सुरु भएको यस वर्षको महोत्सव मंसिर ११ गतेसम्म चल्नेछ ।

भोलि शनिबार धनुष यज्ञ, मंसिर ७ गते तिलकोत्सव, मंसिर ८ गते राम–जानकी मटकोर र मंसिर ९ गते मुख्य विवाहपञ्चमी कार्यक्रम हुनेछ । मंसिर १० गते रामकलेवा गरी विधिवत रूपमा महोत्सव सम्पन्न गरिने जनाइएको छ । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन श्रद्धालुभक्तजनहरु आउन थालेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot