आफन्त नेपालद्वारा विद्यालय–स्तरीय सचेतना अभियानलाई तीव्रता, सयौँ विद्यार्थी लाभान्वित

कृष्णानगर,५ मंसिर

मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध लामो समयदेखि सक्रिय रूपमा काम गर्दै आएको संस्था आफन्त नेपाल ले विद्यालय–स्तरीय सचेतना अभियानलाई व्यापक रुपमा संचालन गरिरहेको छ । संस्थाले जिल्लाका विभिन्न पालिका विद्यालयहरूमा विभिन्न सचेतनामूलक सत्र सञ्चालन गर्दै आइरहेको छ, जसका कारण सयौँ विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

किशोरावस्थालाई जोखिमपूर्ण चरण मानिने भएकाले यस उमेर समूहका बालबालिकाले सही जानकारी, ज्ञान र पहिचान कौशल हासिल गर्न आवश्यक रहेको शाखा प्रमुख बिपना सुनार बताउँछिन्। उनका अनुसार पछिल्ला वर्षहरूमा किशोर–किशोरीहरूबीच अनियोजित यात्रा, मोबाइल तथा इन्टरनेटको गलत प्रयोग, झुटो रोजगारको प्रलोभन लगायत मुद्दा तीव्र रूपमा देखा परिरहेका छन्, जसले उनीहरूलाई मानव बेचबिखन र विभिन्न प्रकारका हिंसामा फसाउने जोखिम बढाएको छ।

आफन्त नेपालले विभिन्न समयमा तौलिहवा, बुद्धभूमि र कृष्णनगर क्षेत्रमा रहेका माध्यमिक विद्यालयहरूमा निरन्तर सचेतना सत्र सञ्चालन गरेको छ। कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई मानव बेचबिखनका कारण, प्रक्रिया, रोकथामका उपाय, सुरक्षित यात्रा, आत्म–रक्षा, डिजिटल सुरक्षा, लैङ्गिक हिंसा पहिचान र सहायता सेवा उपयोग गर्ने तरिका बारे विस्तृत जानकारी दिइएको छ।

विद्यालयमा प्रत्यक्ष रूपमा कार्यक्रम पुर्‍याउँदा विद्यार्थीमा छिटो र दिगो परिवर्तन देखिने कर्मचारी बिकाश श्रीवास्तव बताउँछन्। “कुरा मात्र गर्दा भन्दा प्रत्यक्ष गतिविधि, उदाहरण र अनुभव आदान–प्रदान गर्दा विद्यार्थीहरू धेरै प्रभावमा पर्छन्। यही कारण हामी विद्यालयलाई प्राथमिकता दिँदै आएका छौँ,” उनले बताए।

संस्थाका अनुसार विभिन्न समयमा गरेर जिल्लाभरका सयौँ किशोर–किशोरी कार्यक्रमबाट सचेत बनिसकेका छन्। अभिभावक तथा शिक्षकहरूबाट पनि कार्यक्रममा गरेको प्रभावबारे सकारात्मक प्रतिक्रिया प्राप्त भएको आफन्त नेपालले जनाएको छ।

बिपना सुनारका अनुसार, “विद्यार्थीहरूले सिकेका कुरा घर, समुदाय र साथीहरूमा समेत सुनाउँदा प्रभाव अझै बढेको छ। यो केवल जानकारी कार्यक्रम मात्र होइन, दीर्घकालीन व्यवहारिक परिवर्तन ल्याउने अभियान हो।”

विद्यालयमा मात्र सीमित नभई आफन्त नेपालले समुदाय–स्तरमा पनि समान रूपमा सचेतनामूलक कार्यक्रम, अभिभावक संवेदीकरण, महिला समूह छलफल, जोखिम पहिचान तालिम तथा सुरक्षित आवागमनलगायतका गतिविधि सञ्चालन गर्दै आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot