दोश्रो सरावल कृषि,पर्यटन,संस्कृति तथा औद्योगिक व्यापार मेला मिति परिवर्तन भएको भई

राष्ट्रिय दैनिक / नवलपरासी ,४ मंसिर

सरावल उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुन लागेको दोस्रो सरावल कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला–२०८२ को मिति परिमार्जन गरिएको छ।

सरावल गाउँपालिका –१ तुलसीनगरमा आयोजना हुने भनिएको दोस्रो सरावल कृषि, पर्यटन, संस्कृति तथा औद्योगिक व्यापार मेला फेरि स्थगित गरिएको छ। मेला मितिमा पटक–पटक परिवर्तन र तयारी नपुग्दा व्यवस्थापनप्रति प्रश्नचिह्न उब्जिएको छ।

पहिलोपटक मेलाको मिति कार्तिक १३–२५ सार्वजनिक गरिएको थियो। पछि तयारी अधुरो भन्दै आयोजकले मेला मंसिर ४–१६ सारिएको थियो। तर त्यो मिति नजिकिँदै गर्दा पनि आयोजक संघले पुनः “तयारी नपुग्ने” भन्दै मेलालाई दोस्रो पटक स्थगित गरेको छ।

यसले स्थानीय व्यवसायी, व्यापारी, दर्शक र सरोकारवालामा “आयोजक संघको कार्यक्षमतामा प्रश्न उठेको छ।

एउटै मेलाको तयारी दुई–दुई पटक किन नपुग्यो? टाइम टेबल नभएको संघले भव्य मेला कसरी चलाउँछ? भन्दै स्थानीयहरू प्रश्न गरेका छन्।

आयोजकको तर्फबाट भने संघका अध्यक्ष शुसान्त शर्मा घिमिरेले बताए— “मेला अझ आकर्षक बनाउन थप समय आवश्यक परेको छ। मेलामा जलपरी , दुबई सिटि , बैष्णाेदेबी मन्दिर जस्ता तमाम एतिहासिक स्थल यश मेलामा मुख्य आकर्षण बनाउने भएर समय लागेको छ। मेला सरेकाेप्रति पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौँ। नयाँ मिति छिट्टै सार्वजनिक हुनेछ।”

दाेस्राे संस्करणलाई यसभन्दा झनै आकर्षक, व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित तयारी गरिएको तर भौतिक संरचना, स्टल व्यवस्थापन, कलाकार बुकिङ, सुरक्षाको पूर्वयोजना र कार्यक्रम तालिकाका कारण थप समय आवश्यक परेको संघका बरिस्ठ उपाध्यक्ष बिरेन्द्र यादवकाे भनाइ छ।

संघका अनुसार मेला सरावलवासीकै गौरव बन्ने गरी नयाँ आकर्षण, आधुनिक मोडल र अन्तर्राष्ट्रिय स्तरको प्रस्तुति राख्ने तयारी भइरहेकाले तयारीमा सम्भव सबै ध्यान केन्द्रित गरिएको छ। भव्य व्यवस्थापनका लागि समय अपर्याप्त भएपछि मेला मिति परिवर्तनको कदम चालिएको हो।

यस प्राविधिक र व्यवस्थापकीय कारणले मेला तोकिएको समयमा सम्पन्न गर्न नसकिएकोमा संघले सर्वसाधारण, व्यापारी, सरोकारवाला र आगन्तुक प्रति क्षमायाचना समेत गरेको छ।

समिति सदस्यहरूसँग हाल माघ महिनाको पहिलो हप्तादेखि मेला आयोजनाको नयाँ मिति तय गर्ने विषयमा छलफल जारी रहेको र छिट्टै आधिकारिक रूपमा मिति सार्वजनिक गरिने बताइएको छ।

यद्यपि जनताले चाहेको छिटो र पारदर्शी निर्णय अझै देखिएको छैन। समितिले मेलाकाे मिति बारे छलफल गर्ने बताएको छ।

स्थानीय व्यापारीहरू भन्छन्—“व्यापार मेला कि विज्ञापन मात्र? मिति घोषणा, मिति परिमार्जन, फेरि स्थगित — यही चक्र दोहोरिँदैछ।”

यसरी तयारी नपुग्दा–नपुग्दै घोषणा, र घोषणा गरेर फेरि–फेरि स्थगित गरिँदा सरावलको प्रतिष्ठा, व्यवसायीको विश्वास र दर्शकको उत्साहमा ठुलो असर परेको देखिन्छ।

अब मेलाको वास्तविक मिति कहिले?
यो प्रश्नको उत्तर आयोजक संघकै कन्धामा झुण्डिएको छ।

प्रथम सरावल औद्योगिक व्यापार मेला माघ १० गतेदेखि २२ गतेसम्म बासामा सन्चालन भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot