आरपि उपाध्याय / नवलपरासी ,४ मंसिर पश्चिम नवलपरासी प्रतापपुर १ मा रहेको ईलाका प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रको लागि फोटो खिच्ने कार्य शुभारम्भ भएको छ। प्रतापपुर,सुस्ता र बर्दघाट नगरपालिका का केही वडाहरुलाई लक्षित गरि राष्ट्रिय परिचयपत्रको लागि फोटो खिच्ने कार्यको एक कार्यक्रमका बिच थालनी भएको हो। प्रतापपुर गाउँपालिकाको अध्यक्ष उमेशचन्द्र यादवले ईलाका प्रशासन कार्यालय सेमरीमा २४ वर्षीय अपांग ज्योति चौधरीलाई स्वागत,सम्मान गर्दै परिचयपत्रको लागि फोटो खिच्ने कार्य प्रारम्भ गर्दै लामो समयदेखि जिल्ला मुख्यालय परासीमा धाउनुपर्ने बाध्यता अन्त भएको पनि उहाँले बताउनु भयो। राष्ट्रिय परिचयपत्रको निवेदन दिएका सेवाग्राहीहरुलाई ईलाका प्रशासन कार्यालय सेमरीमा सेवा सुचारु कार्यक्रमको शुभारम्भ लगत्तै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले राज्यले प्रदान गर्ने सुशासन अन्तर्गत आफ्नै पालिका आसपासमा राष्ट्रिय परिचयपत्रको लागि फोटो खिच्ने कार्य भएबाट सेवाग्राहीहरु जिल्ला सदरमुकाम जाने झन्झटबाट मुक्ति पाएको धारणा राख्दै लामो प्रयासपछि पाएको सफलताले नागरिकहरु खुसी भएको हुनुपर्ने जिकिर गर्नुभयो। प्र.जि.अ. लम्सालले जिल्लाको दक्षिणी सिमा नाकाबाट सेवाग्राहीलाई कुनै प्रकारको समस्या नपारी छिटोछरितो सेवा दिलाउने कार्यमा जिल्ला र ईलाका प्रशासन कार्यालय प्रयत्नशील रहनुपर्ने बताउनुभयो । २०७३ सालमा स्थापना भएको ईलाका प्रशासन कार्यालय सेमरीमा १ अधिकृत सहित ५ जना जनशक्ति रहेको पनि जानकारी गराइएको थियो। प्र.जि.अ. लम्साल पश्चिम नवलपरासीमा सरुवा भइ आए लगत्तै ई.प्र.का. सेमरीमा प्रत्येक बुधबार १२ बजेदेखि १२:३० सम्म जनताको गुनासो सुन्न्ने र गुनासो अनुसार सेवा प्रदान कार्य गर्दै आएको जानकारी प्राप्त भएको छ। सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफ दिदै प्र.जि.अ. लम्सालले नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा न.६ र ७ का ज्येष्ठ नागरिक,असहाय र अपाङ्गहरुलाई पनि ईलाका प्रशासन कार्यालय सेमरीबाटै राष्ट्रिय परिचयपत्रको लागि फोटो खिची परिचयपत्र नम्बर उपलब्ध गराइने पनि जानकारी दिनुभएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।