राष्ट्रिय दैनिक / नवलपरासी, २ मंसिर धानको उचित मूल्य नपाएर संघर्ष गरिरहेका किसानहरू अहिले जर्ति नामको मनपरी कटौतीका कारण थप मारमा परिरहेका छन्। स्थानीयका अनुसार धान बेच्न जानेबित्तिकै १ कुन्टलमा करिब २ देखि ३ किलोसम्म जर्ति कटाउने प्रचलन बढ्दै गएको छ, जसले किसानलाई प्रत्यक्ष लुटिएको अनुभूति दिलाइरहेको छ। धान किन्ने साहु र काटावालाहरूले बजार मूल्यभन्दा पहिले जर्ति कटुट कटाइदिने, वजनमा खेलवाड गर्ने र किसानलाई “बजारको नियम यसै हो” भनेर धम्क्याउने जस्ता गतिविधि धेरै वर्षदेखि चल्दै आएको स्थानीयको आरोप छ। किसानहरू भन्छन्—“उचित मूल्य नपाउने त पुरानै पीडा हो, जर्ति भन्दै प्रत्यक्ष २/३ किलोसम्म लुटिरहेका छन्। हामी बोल्यो भने अर्को पटक धान नै नकिनिदिने डर पार्छन्।” धान खरिद–विक्रयमा अनावश्यक कटौती गर्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै पनि: नियमन शून्य ,तौल–मापन कार्यालय निस्क्रिय ,स्थानीय प्रशासन सुस्त रहेको र किसान संरक्षणको नीतिहरू कागजमै मात्र रहेको छ। यही कारणले साहु र दलालहरूको मनपरी अझै बढेको स्थानीयहरूको गुनासो छ। मनलाग्दी वजन घटाउने जस्ता तरिकाले किसानलाई सिस्टममै लुट्ने परिपाटी मजबुत हुँदै गएको छ। धान उत्पादनमा ठूलो लगानी र कडा परिश्रम गरेको किसानले बाजारमा पहुँच नहुँदा साहु–काटावालाको दया–मायामा निर्भर हुनुपरेको अवस्था अझै यथावत छ। स्थानीय भन्छन्— “धान उत्पादन गर्ने किसान गरीब भइरहेका छन्, धान किनेका दलाल धनी। यो नै ‘जर्ति प्रणाली’को सच्चा चित्र हो।” राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।