नवलपरासीमा बेवारिसे शव फेला, प्रहरीले पहिचानका लागि आग्रह

राष्ट्रिय दैनिक /नवलपरासी,२ मंसिर ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ झरही खोलाको पश्चिम किनारमा आज बिहान एक पुरुषको बेवारिसे शव फेला परेको छ। स्थानीयवासीले बिहान करिब ७ः०० बजे शव देखेर प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)बाट प्रहरी निरीक्षक सोम दास ढकालको नेतृत्वमा SOCO सहितको टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार मृतकको नाम, थर तथा वतन खुलेको छैन। उमेर करिब ६०–६५ वर्ष, तराई मुलुकका नागरिकजस्तै देखिने पुरुष रहेको प्रारम्भिक जानकारी दिएको छ।

टोलीले घटनास्थलमै प्रारम्भिक अनुसन्धान तथा लास जाँच–मूचुल्काको कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल रामग्राम ल्याएको छ।

प्रहरीले उक्त व्यक्तिलाई चिन्ने–जान्ने वा आफन्तजनलाई तुरुन्तै सम्पर्क गर्न अनुरोध गरेको छ।

सम्पर्क नं.: हटलाइन: १०० ,अफिस: ०७८–५२०१९९ ,मोबाइल: ९८५७०९१२००
प्रहरीले मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot