सुरेश यादव / नवलपरासी ,१ मंसिर पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर–१३ मा भएको कार दुर्घटनामा परि चालकको मृत्यु भएको छ। पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको प्रदेश नं.३–०१–०२३ च ५०७५ नम्बरको कार अनियन्त्रि भई पुलबाट खोल्सामा खसेको थियो । उक्त दुर्घटनामा परि अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ माझागाउँ बस्ने ८० वर्षीय चालक मणिराम पौडेलको मृत्यु भएको छ, भने कारमा सवार उहाको ४३ बर्षिय छोरा हरिशचन्द्र पौडेल घाइते भएका छन् । घाईते पौडेलको मुख र हातमा चोट लागेकोले उपचारका लागी पृथ्वीचन्द्र अस्पताल परासीमा पठाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी विरदत्त पन्तले बताउनुभएको छ। गाडी तिब्र गतिका कारण दुर्घटनामा भएको हुन सक्ने प्रहरीले जनाएको छ । कारमा बुवा र छोरा गरि दुई जना सवार रहेका थिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।