जाडोमा स्किन र कपालको विशेष स्याहार

काठमाडौं ,१ मंसिर

अहिले जाडो याम चलिरहेको छ । जाडो भन्नेबित्तिकै हामी शरीरमा बाक्लो लुगा लगाउने, तातो खानेकुरा खाने, चिया–कफीजस्तो तातो पेयपदार्थ पिउने तथा घाम ताप्ने मौसम सम्झन्छौँ । त्यसैले हामीले यस्ता कुराबारे चर्चा पनि गरिरहेका हुन्छौँ । वातावरणमा चिसोपना वृद्धि भएसँगै हाम्रो शरीरको स्किनका साथै कपालसम्बन्धी विभिन्न समस्या बढ्न थाल्छ । त्यसकारण जाडो मौसममा तातो ठोस खानेकुरा मात्र नभएर तातो पेयपदार्थ सेवन गर्नुपर्छ । जाडो मौसममा जाडोबाट बच्न बाक्लो लुगाको जति जरुरत छ शरीर र कपालको स्याहारसुसार पनि उत्तिकै जरुरत पर्दछ ।

जाडो महिनामा चिसोका कारण छालामा विभिन्नि समस्या देखा पर्दछ । जाडोमा छाला फुट्ने, अनुहार सुख्खा हुने, चाउरिने, हात–गोडा फुट्ने, कपाल झर्नेजस्ता समस्याले अधिकांशलाई आक्रान्त पारेको हुन्छ । यी सम्पूर्ण समस्याको हल गरेर जाडोको समयमा शरीरमा सुन्दरता र चमकपन ल्याउन सकिन्छ । तर त्यसको लागि आफूले केही समय भने अवश्य निकाल्नुपर्छ ।

जाडोमा मोइस्चराइजको कमीले छाला फुट्ने, चाउरीपन देखिने, सुख्खा हुने समस्या देखिने हुँदा छालामा चमकपन देखिँदैन । हातखुट्टा पनि फुट्ने हुन्छ । छाला सुख्खा हुने भएकाले यो मौसममा छालालाई मोइस्चराइज गर्नुपर्छ । अनुहारमा चमकपन ल्याउनका लागि त झन् अनिवार्यरुपमा मोइस्चराइजको प्रयोग गर्नु जरुरी छ । भिटामिन ‘ए’ क्रिमको प्रयोग गरेर अनुहारलाई मोइस्चराइज गर्न सकिन्छ ।

शरीरको कुनै पनि अंगको छाला एकदम सुख्खा छ भने राति सुत्नुअघि ग्लिसिरिन, मोइस्चराइजको अथवा कोल्डक्रिम लगाएर सुत्ने गर्नुपर्छ । यसले छालालाई नरम र मुलायम बनाइराख्न मद्दत पु¥याउँछ भने छालालाई गोरो पनि देखाउँछ । अर्को कुरा, जाडोमा अधिकांशको कुर्कुच्चा फुट्ने समस्या देखिन्छ । यसको एक कारण चिसो हो भने अर्को कारण सफाइको कमी पनि हो । पैतालामा एकदमै कम मोइस्चराइज हुने भएकाले धेरै नै सुुख्खा हुन्छ ।

दिउँसोको समयमा कपालमा मनतातो तेल लगाएर मसाज गर्ने र एक–डेढ घण्टापछि नुहाउने गर्दा कपाललाई चाहिने प्रोटिन मिल्छ ।

पैतालालाई सुख्खा हुन र फुट्नबाट जोगाउन राति सुत्नुअगाडि मनतातो पानीले खुट्टा धुने गर्नुपर्दछ । साथै सुत्नुअगाडिसम्म मोजा लगाउने र सुत्दाखेरिचाहिँ मोजा खोलेर सुत्ने बानी गरियो भने पनि बिहान खुट्टा नरम र कलिलो देखिन्छ । त्यस्तै मानिसको दैनिक जीवनमा सबैभन्दा बढी प्रयोग हुने अंग हात हो । अझै पनि हाम्रोमा पुरुषको तुलनामा महिलाले बढी घरायसी काम गर्नुपर्ने हुन्छ ।

लुगा धुनका लागि वासिङ मेसिनको प्रयोग गरे पनि अधिकांशका लागि यो सुविधा उपलब्ध हुँदैन । लुगा धुने, भाँडा माझ्नेदेखि घरको सरसफाइमा खटिँदा प्रायः महिलाहरुको हात फुट्ने समस्या हुन्छ । यसको घरायसी उपचार निकै सजिलो छ । राति सुत्नुअघि मनतातो पानीले हात धुने अनि हातमा ग्लिसिरिन र रोज वाटर लगाएर सुत्दा हात नरम तथा गोरो पनि देखन्छि ।

जाडो महिनामा महिलाहरु पार्टी तथा भोजभतेरमा जाँदा मेकअप गर्ने गर्छन् । तर घर फर्किइसकेपछि भने जाडोका कारण अल्छी मानेर मेकअप नहटाई सुत्ने बानी हुन्छ । जाडो महिनामा मेकअप गर्दा गर्मीको तुलनामा राम्रो देखिने र लामो समय टिक्ने हुन्छ । यसले गर्दा राम्री देखिए पनि मेकअप नहटाई सुत्ने बानीले गर्दा अनुहारको छालालाई भने ड्यामेज गरिरहेको हुन्छ । अनुहारलाई मेकअपले हुने असरबाट सुरक्षित राख्नका लागि झर्को नमानी सुत्ने बेलामा मेकअप हटाउनु जरुरी हुन्छ ।

त्यसैले पार्टीबाट घर फर्किएपछि कटनको सहायताले नरिवलको तेल वा क्लिन्जिङ क्रिम वा मेकअप रिमुभरको प्रयोग गरी आँखा, ओठ, अनुहार, कान, घाँटीलाई राम्रोसँग पुछ्नुपर्छ । त्यसपछि फेसवास प्रयोग गरी मनतातो पानीले धुने, रुमालले हल्का दबाएर अनुहार पुछ्ने र अन्त्यमा सेरम, कोल्डक्रिम वा मोइस्चराइजिङ लोसन लगाउने गर्नुपर्छ ।

कपालको समस्या र स्याहार

चिसो मौसम, सुख्खा हावाको प्रभावका साथै जाडो भगाउनका लागि आगो ताप्ने, तातो पानीको प्रयोग गर्ने, धेरै घाम ताप्ने र हिटरजस्ता विद्युतीय उपकरणको प्रयोगले जाडो महिनामा कपाललाई पनि असर गरिरहेको हुन्छ । जाडोमा धेरै समयसम्म कपाल गुम्स्याएर राख्नु र गर्मीको तुलनामा जाडोमा कपालको कम हेरचाह गर्नु नै समस्या निम्तिनुको कारण हो । जाडो समयमा विषेश गरेर चाया पर्ने र कपाल झर्ने दुईवटा समस्या देखा पर्छ ।

यसका साथै जाडोमा कपालमा हाँगा फाट्ने, रुखो देखिने, कपाल टुक्रिने, कपाल उड्ने, लट्टा पर्ने, कपाल मिलाउन गाह्रो हुने, टाउको चिलाउनेजस्ता समस्या पनि हुने गर्छ । त्यस्तै कपाल धुँदा तातो पानीको प्रयोगले पनि कपालको जरा कमजोर बनाइदिन्छ । त्यसैले तातो पानीभन्दा मनतातो पानीको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

कपाललाई कलर, पर्म, स्टे«ट, हाइलाइट आदि गर्दा केमिकलका कारण कपाल ड्यामेज हुनुका साथै सुख्खा हुने भएकाले हेयर मास्क, हेयर सेरम, कन्डिसनर, प्रोटेक्टिभ क्रिम वा लोसन लगाएर म्वाइज गरी सुख्खा हुनबाट जोगाउन सकिन्छ । दिउँसोको समयमा कपालमा मनतातो तेल लगाएर मसाज गर्ने र एक–डेढ घण्टापछि नुहाउने गर्दा कपाललाई चाहिने प्रोटिन मिल्छ ।

यसै गरी कपाल सुकाउँदा सकेसम्म नेचुरल तरिकाबाट सुकाउनु बेस हुन्छ । साथै वातावरणमा भएको चिसो हावा, हिटिङ सिस्टम आदिले कपालका साथै टाउकाको छालामा भएको नेचुरल मोइस्चरलाई सोसेर लिने हुँदा सतर्कता अपनाउनुपर्छ । यति गर्दागर्दै पनि स्किन वा कपालमा समस्या आएमा विशेषज्ञ डाक्टरको सल्लाह लिनसमेत पछि पर्नुहुँदैन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot