वीरगन्ज ,२८ कार्तिक जिल्ला प्रहरी कार्यालय पर्साके वीरगन्जमा साईबर ठगीमा संलगन तीनजनालाई पक्राउ गरेको छ। सर्वसाधारणलाई झुक्क्याएर प्रलोभनमा पारी विभिन्न बैंकको `मनी मूल खाता´खोलाई समाजिक सञ्जाल मार्फत फिसिंङ्ग, ओटोपी फ्रड,जागिर स्कयाम,फेक अनलाई बिजनेस स्कयाम र प्रविधिबाट कम्पनीका कागजात तथा विभिन्न कम्पनीको बिल बनाई ठगी गर्ने तीनजनालाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २९ मुसौली बस्ने बर्ष ३५ को कृष्ण कुमार साह, बाराको विश्रामपुर गाउँपालिका – १ बस्ने २१ वर्षीय राहुल मण्डल र एक जना १४ वर्षीय नाबालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक सुदिप राज पाठकको अनुसार प्रहरीले विशेष सूचनाको आधारमा वीरगन्जको पानीटन्की ८ स्थित रहेको प्रभु हस्पिटलको सडकखण्डबाट उक्त गिरोहलाई पक्राउ गरेको छ। उनीहरुको साथबाट विभिन्न किसिमको ४३ थान एटीएम कार्ड बरामद गरेको छ। उक्त गिरोहले विभिन्न व्यक्तिहरुबाट विभिन्न खाता प्रयोग गरि करिब १० करोड भन्दा बढीको ठगी गरेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरू विरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएको छ । थप अनुसन्धान जारी रहेको एसपी पाठकले जानकारी दिए । एसपी पाठकले यस्तो अनलाईन ठगी र स्कायम भएमा ४८ घण्टा भित्र बैकमा र प्रहरीलाई जानकारी दिएमा अनलाईन ठगीबाट बच्न सकिन्छ बताउनुभयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।