उमेश बि.क / नवलपरासी ,१२ फाल्गुन
पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिकामा ‘एक घर ,पांच योग, पांच जड़ीबूटी’ कार्यक्रम वडा नम्बर ६ जन जागृति माध्यमिक विद्यालयमा सम्पन्न गरिएको छ।
प्रतापपुर गाँउपालिका आयुर्वेद शाखाकाे अायाेजनामा वडा नम्बर ६ का वडा अध्यक्ष रामहरि उपाध्यायकाे अध्यक्षतामा ३ दिने एक घर ,पांच योग, पांच जड़ीबूटी कार्यक्रम सम्पन्न गरिएको हाे।
हाल विश्वमा नसर्ने रोगको प्रकोप अत्याधिक बढिरहेको समयमा प्रतापपुर गाँउपालिका आयुर्वेद शाखा अभियानको महत्वका साथ स्वस्थ्य जीवनशैली अपनाउन आम समूदायमा पु–याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको प्रापपुर गाँउपालिका आयुर्वेद शाखा प्रमुख बरिष्ठ कविराज निरीक्षक दिन बन्धु मिश्राले जानकारी दिनुभयो ।

नसर्ने रोगको न्यूनीकरण, पर्यावरण शुद्ध गर्न, लोपोन्मुख जडीबुटी संरक्षण गर्न, सामान्य समस्यामा घरमा नै प्राथमिक उपचार गर्न, आयुर्वेद सेवा घर घरमा पु–याउने उद्देश्यका साथ कार्यक्रमलाई अगाडि बढाइएको औषधालय प्रमुख मिश्राले बताउनुभयो ।
यस अभियानलाई सफल पर्नको लागि महिला योग तथा जडीबुटी सम्बन्धी जानकारी गराई परिचालन तथा सबैको घरमा जडीबुटीको विरुवा रोप्न तथा प्रयोग गर्न सिकाएर अभियानलाई सफल बनाउने लक्ष्य राखिएको छ ।

स्थानीयहरुलाई ‘एक घर ,पांच योग, पांच जड़ीबूटी’ सम्बन्धी कार्यक्रममा हाम्रै गाउँघरमा पाइने जडीबुटीहरु कसरी प्रयोग गर्ने ? कुन रोगमा प्रयोग गर्ने ? लगाएतका विषयमा आयुर्वेद औषधालय प्रमुख मिश्राले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा प्रतापपुर गाँउपालिका वडा नम्बर ६ र ४ का १०६ जनाको सहभागीता रहेको थियाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

