Rashtriya Dainik

धान काटिरहेका बेला डसेपछि रिसले चुर युवकले सर्पलाई नै टोकेर मारिदिए

हरदाेई ,२१ कार्तिक

सामान्यतया मानिसलाई सर्पले टोकेको खबर सामान्य मानिन्छ, तर भारतको उत्तर प्रदेशस्थित हरदोई जिल्लाको भडायल गाउँमा एउटा अनौठो घटना भएको छ । यहाँका २८ वर्षीय एक युवकलाई विषालु कोब्राले टोकेपछि ती युवकले रिसको आवेगमा सर्पलाई नै टोकेर मारिदिएका छन् । यस घटनाले अहिले सबैको ध्यान तानेको छ ।

इन्डिया टुडेका प्रशान्त पाठकको रिपोर्टअनुसार पुनीत नामका ती युवक आफ्नो धान खेतमा काम गरिरहेका बेला उनको खुट्टामा एउटा कालो कोब्रा बेरियो । सर्पले उनलाई दुई-तीन पटक टोकेपछि रिसले चुर भएका पुनीतले सर्पलाई खुट्टाबाट छुटाएर दाँतले टोकी फणलाई कुल्चेर मारिदिए ।

सर्प मरेपछि पुनीतले यो कुरा परिवार र गाउँलेलाई बताए । उनलाई तत्काल हरदोई मेडिकल कलेज लगियो जहाँ उनलाई रातभर आपतकालीन वार्डमा भर्ना गरियो । भोलिपल्ट बिहान उनको अवस्था सामान्य भएपछि डाक्टरहरूले डिस्चार्ज गरिदिए

घटनाबारे पुनीतले भनेका छन्, म आफ्नो धान खेतमा गएको थिएँ । त्यहीँ मलाई कालो कोब्रा सर्पले टोकेको थियो। त्यसपछि मैले त्यसलाई समातेर त्यसको मुख नै टोकिदिएँ । टोकेपछि म घर आएँ र जिल्ला अस्पताल गएँ। जिल्ला अस्पतालमा रातभर भर्ना भएँ । त्यसपछि मलाई ठीक भयो र म घर आएँ। अहिले पनि मलाई ठीकै छ । त्यस्तो केही महसुस भइरहेको छैन ।’

उनको उपचारमा संलग्न डा शेर सिंहले भने, ‘रातमा पुनीत हाम्रो आपतकालीन कक्षमा आएका थिए । उनी भन्दै थिए, मलाई कुनै सर्पले टोकेको छ । यद्यपि, उनको अवस्था सामान्य थियो। जसलाई हामीले यहाँ भर्ना गरेर प्राथमिक उपचार गयौँ । उनी भन्दै थिए कि उनले पनि सर्पलाई टोकेका थिए र फोटो पनि देखाइरहेका थिए ।’

डा सिंहले पुनीतको ज्यान पनि जान सक्ने बताए । किनभने कोब्रा सर्पहरू धेरै विषालु हुन्छन् । यद्यपि भाग्यवश पुनीत खतरामुक्त रहे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित