काठमाडौं ,१८ कार्तिक नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा मंगलबार प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेका छन् । काठमाडौँ प्रहरीका एसएसपी रमेश थापाका अनुसार, अदालतले बहुविवाहसम्बन्धी मुद्दामा सुनाएको फैसला कार्यान्वयनका लागि शेर्पालाई पक्राउ गरिएको हो । अदालतले उनलाई एक वर्ष कैद सजाय र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसला कार्यान्वयनका क्रममा शेर्पा हाल प्रहरी नियन्त्रणमा रहेका छन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।