उदाउँदो सुर्यलाई अर्घ दिई छठ पर्व समापन

संजय कुशवाहा / नवलपरासी ११ कार्तिक

छठ पर्वको चौथो दिन , सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।
नवलपरासी सहित तराईका जिल्लाहरूमा अहिले छठ पर्वको लोक प्रियता बढेको छ । छठको अन्तिम दिन आज बिहान उदाउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुवात् भएको विश्वास गरिन्छ ।
तराईहरूको केही जिल्लाहरूमा मनाउने छठ पर्व अहिले समावेशी पर्वका रूपमा प्रचलित हुदै गएको छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि सनिवार देखि सुरु भई मंगलबार सम्पन्न हुने छठ पर्वको उपलक्ष्यमा पश्चिम नवलपरासीको विभिन्न ठाउँहरूमा रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिका, सुस्ता गाउँपालिका, बर्दघाट नगरपालिका, सुनवल नगरपालिका ,प्रतापपुर गाउँपालिका लगायतका क्षेत्रहरूमा रहेको ताल , तलैया , नदिका घाटहरूलाई विषेश रूपमा सिङगारिएको छ ।
कार्तिक मास शुक्ल पक्षको सप्तमी सम्म यो पर्व हरेक साल मनाउने गरेको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिएको हो । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । छठ पर्वमा हरेक किसिमको फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ साथै सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान हुन्छ भन्ने मान्यता रहेको छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । धार्मीक सदभावको रुपमा स्थापित हुदै गएको छठ पर्व मधेशी समुदाय मात्र नभई पहाडी समुदाय साथै मुस्लिम,जनजाति लगायतहरुको सहभागिता रहेको र यो पर्वमा हरेक समुदायको चासो बढदै गएको हुदाँ हरेक बर्ष बृदि हुदै गएको देखिन्छ । छठ पर्व सुर्यको अराधाना र उपासना गरि मनाउने गरिएको छ । छठ पर्वको अन्तिम दिन मंगलबार बिहान उदाउँदो सुर्यको पुजाआधाना गर्नको लागि विभिन्न ठाउँहरूमा परासी ,महेशपुर ,भुजहवा ,गुठी सुर्यपुरा ,गुठी परसौनी ,पक्लिहवा ,गुडिया,प्रतापपुर ,त्रिवेणी लगायत क्षेत्रहरूमा रहेको ताल ,तलैया ,नदिका घाटहरूलाई विषेश रूपमा सिङगारिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot