राष्ट्रिय दैनिक ,७ कार्तिक छठ पर्वको अवसरमा बिदा पुनर्विचार गर्नुपर्ने माग गर्दै मधेशी अधिकृत समाज, नेपालले संघीय सरकारसमक्ष ध्यानाकर्षण गराएको छ। चार दिनसम्म मनाइने छठ पर्व हिन्दू समुदायको आस्था, शुद्धता र सूर्य उपासनासँग गहिरो रूपमा जोडिएको महान पर्व हो। कार्तिक शुक्ल चतुर्थीबाट सुरु हुने यो पर्व नहाय–खाय, खरना, सन्ध्या अर्घ्य र बिहानी अर्घ्य गरी चार दिनसम्म चल्छ। अन्तिम दिन व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै ३६ घण्टे कठिन व्रत सम्पन्न गर्छन्। तर हाल नेपाल सरकारको विदा सूचीमा केवल एक दिन (षष्ठी तिथि) मात्र बिदा दिइने व्यवस्था छ। संघीयता कार्यान्वयनपश्चात् सन् २०७३ मा दुई दिन बिदा दिने प्रयास भए पनि त्यो लागू हुन नसकेको समाजले उल्लेख गरेको छ। समाजका अनुसार चारदिने यस पर्वका तीन दिन — खरना, सन्ध्या अर्घ्य र विहानी अर्घ्य अत्यन्त व्यस्त हुने भएकाले छठ पर्वमा सम्पूर्ण नेपालीहरूलाई वा कम्तीमा सामुदायिक बिदाको व्यवस्था गर्नुपर्ने माग गरिएको हो। मधेशी अधिकृत समाज, नेपालले संघीय सरकारसमक्ष छठ पर्वको बिदामा पुनर्विचार गर्न आग्रह गर्दै सबैमा छठी माईको आशीर्वाद, समृद्धि र शुभकामना व्यक्त गरेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।