अजय मिश्र, कृष्णानगर, असाेज २९ तिहार नजिकिएसँगै कपिलवस्तुका स्थानीय काेहार समुदाय माटोका पाला बनाउन व्यस्त छन् । जिल्लाकाे कृष्णानगर नगरपालिका, महाराजगंज नगरपालिका, विजयनगर गांउपालिका, शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका लगायत अन्य पालिकाका काेहार समुदायले माटाको भाँडा बनाउँदै आएकाे र तिहारमा माटोका दियो लगायतका भाँडा बनाउन व्यस्त रहेका हुन् । तिहारमा माटोको दियो माग धेरै हुने भएकाले पाला बनाउन भ्याइनभ्याई भएको कृष्णानगर १० बकौलीका चिन्कु काेहारले बताउनुभयाे । उहाँले माटोको पालाको माग अनुसारको बनाउन नसकिएको उल्लेख गर्नुभयाे । जिल्लामा उत्पादन भएका सदरमुकाम तौलिहवा, महाराजगंज , कृष्णानगर, चन्द्रौटा , मर्यादपुर, पकडी, लबनी लगायतका स्थानमा पुगि काेहार समुदायले बेच्ने गरेको बताउँछन् । अहिले बजारमा प्लास्टिकका दियोहरू आएपनि माटोका दियोको मागमा भने कुनै कमी नआएको उनीहरुको भनाइ छ । गत वर्षकाे तुलनामा यस वर्ष माटोका पालाको भाउमा कुनै तलमाथि नभएको उनीहरूले बताएका छन्। कपिलवस्तुका काेहार समुदायले अहिले माटोका दियो, कोसिया, चकिया, घण्टी, गा्ग्री लगायत सामान बनांउदै आए पनि अन्य समयमा पनि गमला, खुत्रुके लगायत माटोका सामानहरू बनाउँदै बिक्रीबितरण गर्दै आएका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।