Rashtriya Dainik

बहुचर्चित महाभारत टेली श्रृंखलामा कर्णको भूमिका निभाएर चर्चित भएका अभिनेता पंकज धीरको निधन

काठमाडौं,२९ असाेज

बहुचर्चित महाभारत टेली श्रृंखलामा कर्णको भूमिका निभाएर चर्चित भएका अभिनेता पंकज धीरको निधन भएको छ । उनको बुधबार बिहान निधन भएको भारतीय मिडियाले खबर दिएका छन् ।

६८ वर्षीय पंकज लामो समयदेखि क्यान्सरसँग जुधिरहेका थिए । रोग धेरै बल्झिएपछि केही महिनाअगाडि उनको मेजर अप्रेसन गरिएको थियो ।

सन् १९८८ मा दूरदर्शनमा प्रसारित बीआर चोपडाको टिभी सिरियल ‘महाभारत’ मा कर्णको भूमिका निभाएपछि उनी लोकप्रिय भएका थिए ।

महाभारतका अलावा उनले चन्द्रकान्ता जस्ता लोकप्रिय श्रृंखलामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पञ्जाबमा जन्मिएका धीरले फिल्महरूमा पनि काम गरेका थिए, तर टेलिभिजन नै उनको मुख्य पहिचान बनेको थियो।

उनको अन्तिम संस्कार बुधबार नै मुम्बईको विले पार्लेस्थित श्मशान गृहमा गरिने भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित